काठमाडौं । समाजसेवामा सक्रिय व्यक्तित्व यम तमुले राष्ट्रिय फुटबल खेलाडी रेखा पौडेललाई NSJF Pulsar Sports Award – People’s Choice श्रेणीमा जित दिलाउन सहयोगस्वरूप खल्तीमार्फत रु. १ लाख सहयोग गरेका छन्।
सधैं समाजसेवा, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा सहयोगी हात बढाउँदै आएका यम तमु अहिले परदेशमा बस्दै आएका भए पनि आफ्नो मातृभूमि र देशका प्रतिभाहरूप्रति निरन्तर चिन्ता राख्ने व्यक्तित्वका रूपमा चिनिन्छन्। यसपटक उनले नेपाली फुटबलमा मेहनत र समर्पण देखाउँदै निरन्तर योगदान दिएकी खेलाडी रेखा पौडेललाई जित दिलाउन सक्दो साथ दिने घोषणा गर्दै उल्लेख्य रकम सहयोग गरेका हुन्।
उनले भने, “समाजसेवामा मात्र होइन, खेलाडीलाई प्रोत्साहन दिनु हाम्रो जिम्मेवारी हो। रेखा पौडेल जस्ता खेलाडी हाम्रो गौरव हुन्। उनीहरूको जितमा सबै नेपालीको हातेमालो जरुरी छ।”
यस सहयोगले पौडेललाई भोटिङ अभियानमा थप उत्साह मिल्ने अपेक्षा गरिएको छ। स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा रहेका शुभेच्छुकहरूले पनि यसलाई सकारात्मक रूपमा लिएका छन्।
समाजसेवी यम तमुले विगतदेखि नै विपन्न, असहाय, विद्यार्थी र खेलकुद क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन्। विशेषगरी दु:खमा परेका परिवारलाई उद्धार, छात्रवृत्ति, स्वास्थ्य उपचार खर्च तथा खेलाडीलाई आर्थिक प्रोत्साहन उपलब्ध गराउँदै आएका उनी नेपालमा मात्र होइन, परदेशमा रहेका नेपालीबीच पनि सच्चा समाजसेवीको रूपमा परिचित छन्।
