काठमाडौं – अमेरिकामा बसोबास गर्दै आउनुभएका महान समाजसेवी हेम थापा र माया थापा दम्पतीले बिमल डागी भाइहरुले सञ्चालन गर्न लागेको सांगीतिक भ्रमण तथा सांस्कृतिक कार्यक्रमको सफलताको लागि १,००० अमेरिकी डलर (एक हजार डलर) सहयोग गर्नुभएको छ।

थापा दम्पतीले नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न युवाहरुले गरिरहेको अथक प्रयासलाई प्रशंसा गर्दै हौसलास्वरुप यो आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो।
सांगीतिक भ्रमणमार्फत नेपाली कला, संस्कृतिको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ। साथै, थापा दम्पतीको यस सहयोगले विदेशमा रहेका नेपाली समाजसेवी तथा शुभेच्छुकहरुले कला र संस्कृतिप्रति देखाएको माया र प्रतिबद्धताको स्पष्ट सन्देश दिएको आयोजकहरुले जनाएका छन्।















Leave a Reply