काठमाडौं असार ४– उदाहरणीय नारी शक्ति, सेवा र समर्पणको जीवन यात्रा
समाज परिवर्तनको सपना बोकेर अग्रसर भएकी लक्ष्मी बोगटी कुँवर एक यस्ती प्रेरणादायी महिला हुन्, जसले समाजसेवा, मानवता र न्यायको मार्गलाई आफ्नो जीवनको आधार बनाएकी छन्।
हजारौं सामाजिक सञ्जालका अनुयायीहरूले उनलाई नारी सशक्तिकरण, पीडितको पक्षमा आवाज, र परिवर्तनको प्रेरणाका रूपमा हेर्दै आएका छन्। उनले जहिल्यै “जहाँ आवश्यक छ, त्यहाँ पुगेर सेवा गर्नुपर्छ” भन्ने अटल विश्वास बोकेर काम गर्दै आएकी छन्।
उनी पीडित, असहाय र पीडामा परेका व्यक्तिहरूको पक्षमा आवाज उठाउने, न्यायका लागि लड्ने, र कठिन परिस्थितिमा परेका महिलाहरूलाई सशक्तिकरणतर्फ डो-याउने कार्यमा सधैं अगाडि देखिन्छिन्।
उनको योगदान
पीडित आवाजको संरक्षण विपद्मा परेकालाई साथ र सहारा,महिला सशक्तिकरणको सशक्त अभियान सामाजिक,उत्तरदायित्वमा नेतृत्वकारी भूमिका,उनी मात्र एक डिजिटल क्रिएटर होइनन्, उनी एक युग परिवर्तन गर्ने अभियानकर्तासमेत हुन्।
उनको सोच, कार्यशैली र सेवाभावले आजको समाजमा सकारात्मक परिवर्तन ल्याउने स्पष्ट संकेत दिएका छन्। यिनै गुणले लक्ष्मी बोगटी कुँवरलाई आजको पुस्ताका लागि उदाहरणीय बनाएको छ।
लक्ष्मी जस्तै नारीहरू हामी सबैका लागि प्रेरणा हुन् — जो बोल्छन् होइन, काम गरेर देखाउँछन्।