असार ४ – साउदी अरबमा रहेर व्यवसाय सञ्चालन गर्दै आएका समाजसेवी यम तामु नेपाली समुदायप्रति समर्पित एक उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित भएका छन्। प्रवासमा रहेर पनि उनले नेपाली जनताको सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
उहाँ साउदीमा लागिगुराउस होटल सञ्चालन गर्दै युवाहरूलाई रोजगारी प्रदान गर्दै आएका छन्। उनले विदेशमा समस्यामा परेका नेपालीहरूलाई सहारा दिने, आर्थिक तथा मानवीय सहयोग पुर्याउने काम निरन्तर गर्दै आएका छन्। अलपत्र परेका नेपालीहरूलाई उद्धार गरी नेपालसम्म फर्काउने व्यवस्थासमेत मिलाउँदै आउनुभएको छ।
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उहाँले बाढी, पीडित र अप्ठ्यारोमा परेका नेपालीहरूलाई लाखौं रुपैयाँको आर्थिक सहायता प्रदान गरिसक्नुभएको छ। हालै उहाँले राष्ट्रिय महिला फुटबल टोलीलाई नगद पुरस्कार वितरण गरी खेलकुदप्रतिको सद्भाव पनि प्रस्तुत गर्नुभएको थियो।
प्रवासमा रहेर पनि नेपाल र नेपालीप्रति समर्पित भावनाले काम गर्दै आउनुभएका यम तामुलाई समाजले “सच्चा समाजसेवी” भनेर सम्मान गर्नु अनुचित हुने छैन।















Leave a Reply