२०७८ जेष्ठ ८ गते, काठमाडौं
नेपाल प्रहरीकी प्र.ना.नि. (प्रहरी नायब निरीक्षक) कुञ्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि.) सफलतापूर्वक आरोहण गर्दै इतिहास रच्न सफल भएकी छिन्। यस सफलतासँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी बनेकी छिन्।
उहाँको यो अद्वितीय सफलता नारी सशक्तिकरण, साहस र समर्पणको उच्च उदाहरण हो। नेपालको सुरक्षा निकायमा कार्यरत महिलाहरूको हौसला वृद्धि गर्ने यो उपलब्धिले सम्पूर्ण राष्ट्रलाई गौरव गराएको छ।
समाजमा प्रायः कलाकार र चर्चित व्यक्तित्वलाई मात्रै प्रशंसा र बधाई दिने प्रवृत्तिका बीचमा, सुरक्षाकर्मी महिला जसले आफ्नो जीवनलाई जोखिममा राखेर मुलुकको गौरव बढाउँछिन्, उहाँहरूलाई पनि सम्मान र कदर गर्नुपर्ने आवाज उठ्न थालेको छ।
कुञ्जाङ छोपेल शेर्पाको नाम अब केवल प्रहरी सेवाभित्र मात्र होइन, सम्पूर्ण नेपाली महिलाको प्रेरणाको स्रोतका रूपमा स्थापित भएको छ।
नेपाल प्रहरी, सम्पूर्ण नेपाली जनता र उहाँको योगदानलाई चिन्न चाहने सबैको तर्फबाट प्र.ना.नि. कुञ्जाङ छोपेल शेर्पाज्यूलाई हार्दिक बधाई तथा सम्मान।