Yes Nepal News

A complete Online News Portal from Nepal

भैरहवामा कोरियन डेलिगेट्सद्वारा फ्याक्ट्री भ्रमण, लुम्बिनी अवलोकन

भैरहवा । कोरियाली प्रतिनिधिमण्डल (Korean Delegates) ले आइतबार भैरहवामा रहेका प्रमुख उद्योगहरूको भ्रमण गरेका छन् । प्रतिनिधिमण्डलले स्थानीय उद्योग Juice र हिमालय फुड म्यानुफ्याक्चरिङ (Hankook Noodles) को फ्याक्ट्री अवलोकन गर्दै उत्पादन प्रक्रिया, व्यवस्थापन र बजार विस्तारबारे जानकारी लिएका छन् ।

यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष तथा युवा व्यवसायी विनोद कुँवर पनि उपस्थित रहे । कुँवरले नेपालमा विदेशी लगानी, औद्योगिक प्रवर्द्धन र रोजगारी सिर्जनामा यस्ता भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

फ्याक्ट्री भ्रमणपछि प्रतिनिधिमण्डलले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि अवलोकन गरेको थियो । लुम्बिनी भ्रमणका क्रममा अतिथिहरूले विश्वशान्ति र धार्मिक पर्यटनको केन्द्रको रूपमा लुम्बिनीको महत्वबारे उच्च प्रशंसा गरेका थिए ।

एनआरएनए नेतृत्व, कोरियन व्यवसायी तथा स्थानीय उद्योगी–व्यवसायीबीचको यस्तो अन्तरक्रियाले नेपाल–कोरिया आर्थिक र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading