काठमाडौं —नेपालको बैंकिङ इतिहासमा सशक्त छवि बनाउँदै आएको नबिल बैंक लिमिटेडले हालै प्रकाशित आर्थिक विवरणमा उल्लेखनीय सफलता प्रदर्शन गरेको छ। कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (Acting CEO) मनोज ज्ञवालीको नेतृत्वमा, बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतको वृद्धि हो।
गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ थियो। यसपटकको नाफा वृद्धिले नबिल बैंकलाई नेपालको सर्वाधिक नाफा कमाउने बैंकहरूमध्ये अग्रस्थानमा उभ्याएको छ।
मनोज ज्ञवाली, जसले बैंकको नेतृत्व जिम्मेवारी हालै सम्हालेका छन्, उनले ब्यवस्थापनको स्थिरता, रणनीतिक सुधार र डिजिटल ट्रान्सफर्मेसनलाई प्राथमिकता दिँदै बैंकलाई नयाँ उचाइमा पु-याइरहेका छन्।
ज्ञवाली भन्छन्,
“ग्राहकको विश्वास र हाम्रो समर्पित टिमको मेहनत नै यो उपलब्धिको मूल आधार हो। हामी अझ नविन प्रयासमार्फत वित्तीय क्षेत्रमा अग्रणी भूमिका खेलिरहने छौं।”
सुदृढ नीतिगत निर्णय, गुणस्तरीय सेवा र पारदर्शी बैंकिङ प्रवाह नबिल बैंकको सफलता पछाडिको मुख्य कारणका रूपमा विश्लेषकहरू बताउँछन्।
नबिल बैंक – जहाँ विश्वास र वित्तीय समृद्धि संगै हिंड्दछन्।














Leave a Reply