कतार — विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने अभियानमा कहिल्यै थकाइ नमान्ने, कहिल्यै पछि नहट्ने, सधैं अग्रपंक्तिमा उभिने एक नाम हो — प्रविण गुरुङ।
गोरखाको डाँडापाखाबाट जीवन आरम्भ गरेका गुरुङको बाल्यकाल चितवनको माटोमा हुर्कियो, तर कर्मभूमिको रूपमा उनले रोजे कतारलाई। जीवनको प्रारम्भिक दिनहरूमा इण्डियन लाहुरे भएर खारिएका उनले अवसरको खोजीमा कतारको तातो बालुवामा पाइला टेक्दा सायद थाहा थिएन — एक दिन उनी एनआरएनएको केन्द्रमा चम्किने नक्षत्र बन्नेछन्।
संघर्षको बाटोबाट शिखरतर्फ यात्रा
व्यावसायिक सफलताको शिखर चुम्दै गर्दा पनि उनले सामाजिक उत्तरदायित्वलाई कहिल्यै भुल्न सकेनन्। यही सोचले उनलाई एनआरएनए कतारको साधारण सदस्य बनायो, उपाध्यक्ष हुँदै मध्यपूर्व क्षेत्रका संयोजक बने। उनको असल व्यवहार, कार्यक्षमता र नेतृत्वदक्षताले उनलाई आईसीसी सचिव पदसम्म पुर्यायो — त्यो पनि निर्विरोध।
उनको लोकप्रियता, जनसमर्थन र योगदानको कदर स्वरूप ११औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सर्वाधिक मत ल्याएर उपमहासचिव पदमा निर्वाचित भए — जुन एक ऐतिहासिक उपलब्धि नै थियो।
तर, नेतृत्वको शिखर चढ्दै गर्दा देखिएको संस्थाभित्रको अन्योल, झगडा र हठको राजनीतिले उनलाई मात्र होइन, एनआरएनएप्रति समर्पित हरेक कर्मयोगीलाई निराश तुल्याएको छ। “हर्षको क्षणमा मूक बनाइनु, योगदान दिन चाहँदा अवरोध सिर्जना गरिनु” — यस्ता अवस्था उनका लागि दुर्भाग्य मात्र होइन, पीडादायी पनि बन्यो।
‘संस्थाको शाख जोगाउने हाम्रै पालामा’ भनेर अघि बढेका गुरुङ
उपमहासचिव उम्मेदवारीको घोषणा गर्दा नै उनले “विश्वका एनआरएन एउटै मालामा, संस्थाको शाख जोगाउने हाम्रै पालामा” भन्ने बुलन्द नारा दिएका थिए। आज, संस्था संकटमा छ — विवाद, अदालत, अन्योल। तर गुरुङ स्पष्ट छन् — “हठ त्यागौं, मिलन खोजौं, एकता सम्भव छ।”
अबको यात्रा — तपाईंकै भरोसामा!
जीवनको सुनौलो समय एनआरएनएको सेवामा अर्पण गरेका गुरुङ आज दोधारमा छन्। एक मन भन्छ, टाढा हौं; अर्को मन भन्छ, जुन अभियानलाई सिँचेर हुर्कायौं, त्यसलाई अबिवाहित छाड्नु गद्दारी हो।
उनी हट्ने होइनन् — मार्गप्रशस्त गर्न चाहन्छन्।
अब प्रविण गुरुङको यात्रा कुन मोडतर्फ जाला? समाजसेवामा झन् गहिरिएर? कि संस्थाभित्रै रही अझ शक्तिशाली भूमिकामा?
यो उत्तर अब एनआरएनहरूकै जिम्मा हो। तपाईंकै साथ, समर्थन र सुझावले तय गर्नेछ — गुरुङको अबको गन्तव्य।
– एनआरएनए उपमहासचिव, समाजसेवी तथा उद्यमशील व्यक्तित्व
प्रविण गुरुङ – एउटा नाम, एउटा अभियान, एउटा सपना।
उनले संञ्जालमा लेखेको स्टाटस जस्ताकोत्यस्तै:
एनआरएनएमा मेरो यात्रा र भोलिको बाटो ???
गोरखा जिल्ला जन्मिएर चितवन बस्दै आएपनि कर्मथलो कतार बनाएको छु । जीवनको यात्रामा धेरै उकाली ओराली छिचोल्दै छु । रोजगारका लागि इण्डियन लाहुरे हुँदै अवसरको खोजीमा कतार पुग्दै गर्दा जीवन संघर्षबाट आजको अवस्था आइपुगेको छु ।
मैले आफ्नो व्यवसायिक यात्रा मात्र होइन सामाजिक यात्रालाई पनि साथसाथै लैजानु पर्छ भनेर अगाडि बढिरहेको छु । एनआरएनए कतारको सदस्य, उपाध्यक्ष, मध्यपूर्व उप-संयोजक, संयोजक हुँदै आइसीसी सचिवसम्म सर्वाधिक रुचाएर निर्विरोध निर्वाचित भए ।
एनआरएनएको ११ औं अन्तर्राष्ट्रिय महाधिबेशनबाट अत्याधिक मत ल्याएर उपमहासचिव पदमा निर्वाचित भए । एनआरएनएको अभियानमा क्रमिकरुपमा अगाडि बढिरहँदा पछिल्लो समयमा देखिएका विवाद र अन्योलताले म जस्तो निस्वार्थ लागेको व्यक्तिमा निराशा पैदा गरेको छ ।
अत्यधिक मत ल्याएर विजयी हुँदा खुशी साट्न पाइएन, मनमा काम गर्ने उत्साह र उर्जा हुँदै गर्दा पनि काम गर्ने अनुकूल वातावरण हुन सकेन !
‘विश्वका एनआरएनए एउटै मालामा, संस्थाको शाख जोगाउने हाम्रै पालामा’ भन्ने मूलनारा लिएर उपमहासचिव पदका उम्मेदवारी घोषणा गरेको थिए !
आम एनआरएनएहरूले मलाई निर्वाचित गराउनु भयो । तर मेरो प्रतिवद्धता अनुसार यो संस्थाको शाख जोगाउन सकिएको छैन । एनआरएनए अभियानमा लाग्दै गर्दा जानेर वा नजानेर, सकेर वा नसकी धेरै काम गरेको छु । आफ्नो ठाउँमा सकेको योगदान दिएको छु । एनआरएनएका हरेक अभियानमा साथसाथै छु ।
अहिले एनआरएनए एकताको लागि महाधिबेशन तोकिएको छ । एकताको महाधिबेशन मे महिनामा गर्नेकी अक्टोबरमा गर्ने भन्ने अन्योलता छ । अदालतका फैसलालाई आत्मसाथ गर्दै मिलनविन्दु खोजिनु पर्छ । सबैले एनआरएनहरुको एकता खोज्ने हो भने आ-आफ्नो हठ त्याग्न जरुरी छ । कुनै पनि समुहलाई बाहिर राखेर एकता हुन सक्दैन । एकता हामी भित्रै रहेको छ । मिलौं, अनि खोजौं ।
एनआरएनए अभियान भन्दा बाहिर बसेर समाजको सेवा गर्न पनि सकिन्छ । एक मनले यो अभियानबाट टाढा हुन खोज्छु तर यही अभियानमा तन, मन र धन खर्चिरहेको म चटक्कै छोडेर भाग्न पनि सक्दिन । अब, यहाँहरू भन्नुहोस्, एनआरएनए अभियानमा भोलिका दिनमा म कहाँ जाऔं ? मेरो अबको यात्रा कहाँ हो ?