Yes Nepal News

A complete Online News Portal from Nepal

वडा सदस्य रियाज खाँ जबरजस्ती करणी प्रयास आरोपमा पक्राउ

२०८२ जेठ २७, बाँके—बाँकेको नरैनापुर गाउँपालिका–१ का वडा सदस्य रियाज खाँलाई जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ४२ वर्षीया बिट्टी जोलाहले वडा सदस्य खाँले आफूमाथि अनैतिक सम्बन्ध कायम गर्न दबाब दिएको भन्दै उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडितका अनुसार, छोरा विदेश जान लागेकाले आर्थिक समस्या समाधान गर्न वडा सदस्यसँग सहयोग माग्दा उनले अश्लील प्रस्ताव राखी दुर्व्यवहार गरेका थिए। घटनाको विवरण दिंदै जोलाहले भनिन्, “खाँले पैसा दिन कट्कुइया जानुपर्ने भन्दै एकान्त स्थानमा लगेपछि मेरो संवेदनशील अंगमा हात लगाई जबरजस्ती गर्न खोज्नुभयो।”

घटना बैशाख ८ गते भएको हो। पीडितको उजुरीपछि इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले जेठ २७ गते खाँलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानपछि उनलाई दुर्व्यवहारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading