काठमाण्डौ – सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले आयोजना गरेको तेस्रो ईन्डो-नेपाल अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप २०२५ मा आदर्श ओडले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेका छन्।

प्रतियोगितामा आफ्नो उमेर समूहको प्रतिस्पर्धामा उर्लिएको उनको आत्मविश्वास, मेहनत र अनुशासनको फलस्वरूप आदर्शले पदक र प्रमाणपत्रसहित सम्मान प्राप्त गरेका हुन्। कार्यक्रममा आयोजक समितिका पदाधिकारी र कराँते प्रशिक्षकहरूको उपस्थितिमा उनलाई सम्मान गरियो।

छोरा आदर्शको सफलताप्रति गर्व व्यक्त गर्दै उनकी आमा अनिता ओडले सामाजिक सञ्जालमा लेखेकी छन् —“मेरो छोरा तेस्रो ईन्डो नेपाल अन्तराष्ट्रिय कराँते च्याम्पियनशिप २०२५ मा आफ्नो उमेर समूहमा दोस्रो स्थानमा आएर सफलता पाएकोमा छोरा आदर्शलाई धेरै धेरै धन्यवाद छ र आशिर्वाद छ।”
यस उपलब्धिले आदर्शलाई मात्र नभई सम्पूर्ण परिवार र समुदायलाई पनि गौरवान्वित बनाएको छ। आयोजक संस्थाले यस किसिमका प्रतियोगिताले बालबालिकामा खेलकुदप्रतिको रुचि र अनुशासनलाई अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।
















Leave a Reply