काठमाडौं, असार ५— स्वतन्त्र युवा तथा सामाजिक अभियन्ता राजेन्द्र ताम्राकारले हालै श्री एयरलाइन्समार्फत काठमाडौंदेखि पोखरा जाँदा भोगेको एक सकारात्मक अनुभव सार्वजनिक गरेका छन्।
उनका अनुसार कहिलेकाहीँ ढिलो एयरपोर्ट पुगेका यात्रुहरुलाई श्री एयरलाइन्सका कर्मचारीहरूले छुट्टै गाडीको व्यवस्था गरी विमानसम्म सुरक्षित रूपमा पुर्याउने सहजीकरण गर्ने गर्छन्। यस्तो व्यवहारले यात्रुहरूमा सुरक्षा र आत्मीयताको अनुभूति गराउँछ।
राजेन्द्र ताम्राकारले पोखरा जाने क्रममा समय अभावका कारण ढिला एयरपोर्ट पुगेका थिए। तर एयरलाइन्सका कर्मचारीहरूले विशेष ध्यान दिएर उनलाई समयमै जहाजसम्म पुर्याए। उनले उक्त व्यवहारप्रति आभार व्यक्त गर्दै भने,”यात्रुहरूप्रतिको यस्तो जिम्मेवार र सहयोगी भावनाले श्री एयरलाइन्सप्रति अझ विश्वास बढाएको छ।”
यस किसिमको सहजीकरणले नेपाली आन्तरिक हवाइ सेवामा यात्रुमैत्री संस्कारको विकास भइरहेको संकेत दिन्छ। यात्रु सेवामा श्री एयरलाइन्सले देखाएको संवेदनशीलता सराहनीय छ।















Leave a Reply