काठमाडौं – नेपाली समाजमा कहिल्यै नबिर्सिने संस्कारमध्ये एक हो – जन्ते बाख्रो खुवाउने परम्परा। पहिले-पहिले गाउँघरमा विवाह भोज भनेको खुला आँगन वा खेतबारीमा जन्तीलाई खुवाउने विशेष कार्यक्रम मानिन्थ्यो। तर पछिल्लो समय ‘पार्टी प्यालेस’ संस्कृति हाबी बन्दै गएपछि यो परम्परा सहरी क्षेत्रमा हराउँदै गएको छ।
तर, हराउँदै गएको यस मौलिक संस्कारलाई पुनः जीवित बनाउने प्रयास गर्दै ‘जन्ते बाख्रो’ नामक चलचित्र जेठ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। फिल्मको कथा सामाजिक र हास्य रसले भरिएको छ, जसले दर्शकलाई हसाउँछ पनि, गम्भीर रूपमा सोच्न बाध्य पनि पार्छ।

फिल्मको कथा मौलिक, प्रस्तुति आधुनिक
चलचित्रका लेखक प्रदीप भारद्वाज भन्छन्,“नयाँ विषय खोज्ने क्रममा गाउँघरमा हराउँदै गएको जन्ते बाख्रो खुवाउने परम्पराको प्रसंगले मलाई छोयो। यही मौलिक परम्परामा आधारित रहेर हामीले कथा तयार पार्यौं।”

फिल्ममा बेहुली पक्षले बाटोमा जन्तीलाई खुवाउने भोज र बेहुली भित्रिएपछि केटा पक्षले गाउँलेलाई जन्ते बाख्रो खुवाउने प्रचलनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। बोकाको भूमिका त झन् फिल्मको सुरुदेखि अन्त्यसम्म नै जोडिएको छ। प्रचार सामग्रीमा देखिएको एनिमेटेड बोकाको झल्को दर्शकमा कौतुहलता बढाउन सफल देखिन्छ।
कलाकारको तगडा उपस्थिति : सौगात, गरिमा र रुशाको चर्चा व्यापक
सौगात मल्ल, गरिमा शर्मा र रुशा न्यौपाने फिल्मका तीन मुख्य पात्र हुन्, जसको अभिनय अहिले चर्चाको केन्द्रमा छ। सौगातको ‘गाउँले ठट्यौली पर्सोना’, गरिमाको ‘गम्भीर पात्रप्रतिको पकड’ र रुशाको ‘फ्रेस, इनर्जेटिक र आकर्षक अभिनय’ले फिल्मलाई नयाँ उचाइमा पुर्याएको छ।

विशेषगरी रुशा न्यौपानेको यो दोस्रो फिल्म हो, तर उनको अभिनयको प्रभाव पहिलो नै देखिने खालको छ। मोडलिङ हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी रुशाको सौन्दर्य, शरीरको आकर्षक संरचना, संवाद अदायगी र आत्मविश्वास दर्शनीय छ। उनको प्रवेशलाई धेरैले ‘नेपाली सिनेमा उद्योगमा ताजगी ल्याउने इन्ट्री’ भनेर उल्लेख गरेका छन्।
गीत-संगीत पनि हिट मोडमा
फिल्ममा समावेश ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ गीत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। युट्युबमा गीत र ट्रेलरले पाएको उत्साहजनक प्रतिक्रियाले नै फिल्मको प्रतिक्षा बढाइदिएको छ।
निर्देशन र निर्माण पक्ष बलियो
चलचित्रको निर्देशन सिमोस सुनुवारले गरेका छन्, जसले सामाजिक कथालाई हास्यमा मिसाएर दर्शकलाई तान्ने अद्भुत सीप राख्छन्। फिल्मका निर्माता सन्तोष गौतमले भने, यो फिल्मले नेपाली संस्कृतिको महत्त्व दर्शाउने मात्र होइन, मनोरञ्जन पनि दिने बताएका छन्।
नबिर्सिनुहोस् — जन्ते बाख्रो खाने दिन : जेठ २३
‘जन्ते बाख्रो’ एउटा त्यस्तो चलचित्र हो जसले परम्परा, संस्कृति र मनोरञ्जनको मिठो समिश्रण प्रस्तुत गर्छ। सौगात मल्लको बलियो अभिनय, गरिमा शर्माको परिपक्वता र रुशा न्यौपानेको ग्ल्यामरस इन्ट्रीले यो फिल्मलाई अवश्य हेर्नैपर्ने चलचित्र बनाएको छ।
रुशा न्यौपानेको बबाल इन्ट्री : ‘जन्ते बाख्रो’ मार्फत नेपाली सिने क्षेत्रमा नयाँ स्वाद
नेपाली फिल्म उद्योगमा यतिबेला एक नामले व्यापक चर्चा बटुलिरहेको छ – रुशा न्यौपाने। सुन्दरी, शालीन, सेक्सी र सशक्त अभिनय क्षमताकी धनी रुशा न्यौपानेले आफ्नो दोश्रो चलचित्र ‘जन्ते बाख्रो’ मार्फत दर्शकमाझ यति खतरनाक इन्ट्री मारेकी छन् कि, नेपाली सिनेमा प्रेमीहरू अहिले उनको तारिफ नगरी बस्न सक्दैनन्।

फिल्म ‘जन्ते बाख्रो’ : परम्परामा हास्यको तड्का
नेपालको ग्रामीण सांस्कृतिक परम्परालाई क्यामेरामा उतार्ने फिल्म ‘जन्ते बाख्रो’ जेठ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो रमाइलो कमेडी फिल्ममा नेपाली समाजमा लोप हुँदै गइरहेको जन्ते बाख्रो खुवाउने परम्परालाई हल्का हास्यशैलीमा प्रस्तुत गरिएको छ। सौगात मल्ल, गरिमा पन्त, आसिफ शाह लगायतका सुपरस्टारहरूसँगै रुशा न्यौपानेको उपस्थिति दर्शकका लागि विशेष आकर्षण बन्ने पक्का देखिएको छ।

‘जन्ते बाख्रो’ मा रुशाको बबाल भूमिका
‘जन्ते बाख्रो’ मा रुशा न्यौपानेको अभिनय मात्र होइन, उनको उपस्थिति नै पर्दामा सजीव ऊर्जा जस्तो लाग्छ। उनको आँखा बोलेको जस्तो, अनुहारमा सजीवता र अभिनयमा एक नयाँ स्वाद छ। उनले निभाएको भूमिकाले फिल्ममा एकदमै सशक्त र लोभलाग्दो प्रभाव पारेको निर्माण पक्ष बताउँछ।

निर्देशक सिमोस सुनुवार भन्छन् – “रुशाको कामप्रति समर्पण, अनुशासन र स्क्रीन प्रेसेन्स कमालको छ। यो फिल्मपछि उनी नेपाली फिल्म इन्डस्ट्रीमा नयाँ हिरोइनका रूपमा स्थापित हुन्छिन् भन्नेमा हामी विश्वस्त छौं।”
सुन्दरता र सशक्तताको मेल : मोडलिङबाट चलचित्रसम्मको यात्रा
मोडलिङ्ग जगतमा राम्रो पकड बनाएकी रुशा न्यौपाने अब अभिनयको मैदानमा पनि समर्पणका साथ अघि बढिरहेकी छन्। अनुहारको सुन्दरता, आत्मविश्वास, शारीरिक फिटनेस र उत्तिकै बोल्ड अप्रोचले उनी अन्य अभिनेत्रीसँग फरक देखिन्छिन्।

“मेरो दोश्रो चलचित्र जन्ते बाख्रो यही जेठ २३ बाट प्रदर्शनमा आउँदैछ। यो अवसरका लागि निर्माता, निर्देशक, लेखक र सम्पूर्ण टिमप्रति आभारी छु। हाम्रो मिहिनत दर्शकलाई मनोरञ्जन दिनेछ भन्ने आशा छ,” – रुशाले सामाजिक सञ्जालमा लेखेकी छन्।
उनको त्यो स्टाटस हेर्ने बित्तिकै थुप्रै फ्यानहरूले प्रतिक्रिया जनाएका छन्, कतिले भनेका छन् – “Wow, so gorgeous! Can’t wait to see you on the big screen!”, “Nepali industry got its new diva!”, “Bokako Bhoj sangai Runway ko Rajkumari pani!”
गीत, ट्रेलर र ग्ल्यामरको चर्चा : रुशा फोकसमा
फिल्ममा समावेश ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ जस्ता गीतहरूमै रुशाको उपस्थिति सुन्दर, स्वाभाविक र दर्शकलाई लोभ्याउने खालको देखिन्छ। ट्रेलर सार्वजनिक भएपछि दर्शकको प्रतिक्रियाले पुष्टि गर्यो – यो फिल्म मात्र होइन, रुशाको करिअरको ब्रेकथ्रु मोमेंट पनि यही हो ।
रुशामा नयाँपन
फिल्म क्षेत्रका आलोचकहरू समेत रुशाको अभिनय र व्यक्तित्वप्रति प्रभावित देखिएका छन्। एक वरिष्ठ समीक्षक लेख्छन् – “रुशामा नयाँपन छ, उनको आँखाको अभिव्यक्ति र शरीरको भाषा अत्यन्त स्वाभाविक लाग्छ। नेपाली फिल्ममा यति फ्रेश फेस कमै पाइन्छ।”

’जन्ते बाख्रो’ : पुराना संस्कारमा नयाँ स्वाद, नयाँ स्टारको चमक
‘जन्ते बाख्रो’ केवल एउटा कमेडी फिल्म होइन, यो नेपाली समाजको लोप हुँदै गएको संस्कारलाई नयाँ पुस्तासमक्ष प्रस्तुत गर्ने सशक्त प्रयास हो। र यो प्रयासमा रुशा न्यौपानेजस्तो ताजगीपूर्ण कलाकारको उपस्थिति फिल्मको सौन्दर्यमा झनै रङ थपिएको छ।

अब हेर्न बाँकी कुरा भनेको यही हो – जेठ २३ गते जन्ते बाख्रो खाँदा रुशाको चमकले हल नै हल्लाउने हो कि? सिने हलमा टिकट काट्नेहरू यस्तै भनिरहेका छन् – “बोका भन्दा पनि रुशा हेर्न हल जाने हो!”