मिति: २०८२ जेठ १४ धनगढी, सन्तोषी टोलमा अवस्थित STS Cinema पछिल्लो समय चलचित्रप्रेमीहरूको प्रमुख गन्तव्य बनेको छ। उत्कृष्ट साउन्ड सिस्टम, आकर्षक वातावरण, र नियमित रुपमा प्रदर्शन गरिने नयाँ नेपाली, बलिउड तथा हलिउड चलचित्रहरूले STS Cinema लाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सिनेमा हलको रूपमा स्थापित गरेको छ।

हाल प्रदर्शनमा रहेको चलचित्र “नरसिंह अवतार” ले विशेष चर्चा पाइरहेको छ। त्यसैगरी, “भूलचुक माफ” र “उनको स्वीटर” जस्ता चलचित्रहरूले पनि राम्रै चर्चा बटुलेका छन्। डिजिटल टिकटिङ सुविधा, सफा र आरामदायी सिट व्यवस्था तथा पारिवारिक वातावरणले दर्शकहरूको मन जितेको छ।

oppo_32
STS Cinema ले आगामी दिनमा थप नयाँ प्रविधि र सेवा विस्तार गर्दै लैजाने योजना बनाएको बताइएको छ। सिनेमा हल सञ्चालकले भने, “हामी सुदूरपश्चिमका दर्शकलाई विश्वस्तरीय सिनेमाको अनुभव दिन प्रतिबद्ध छौं।”
🎟️ टिकट बुकिङ अनलाइनमार्फत सजिलै गर्न सकिने भएकाले दर्शकहरू समयमै टिकट सुरक्षित गर्न सक्ने अवस्था बनेको छ। STS Cinema को यो सफलताले सुदूरपश्चिममा चलचित्र उद्योगको प्रवर्द्धनमा उल्लेखनीय योगदान दिइरहेको देखिन्छ।













Leave a Reply