फेअर लन, न्यू जर्सी | मे ३१, २०२५ — अमेरिकाको न्यू जर्सी राज्यको फेअर लन शहर आज ऐतिहासिक रूपमा पहिलोपटक “नेपाल डे इन फेअर लन” को आयोजना गर्दैछ। नेपालका विविध संस्कृतिलाई उजागर गर्ने यो विशेष दिवस १२ बजे देखि साँझ ६ बजेसम्म फेअर लनस्थित मेमोरियल पुल क्षेत्र (Memorial Pool, Fair Lawn, NJ) मा मनाइँदैछ।

यस भव्य कार्यक्रमको संयोजनमा अगुवाइ गरिरहेका दिल कुमारी केसी मेमोरियल फाउण्डेशनका अध्यक्ष नवराज केसी को अगुवाइमा आयोजना हुने यो दिन नेपाली समुदायका लागि गौरवको विषय भएको छ। केसीले सामाजिक सञ्जालमा स्टाटसमार्फत लेखेका छन्—
“फेअर लन जाऔं, नेपाल डे मनाऔं!”
उनको यस उत्साहजनक आह्वानले हजारौं नेपाली डायस्पोरालाई एकै ठाउँमा जुट्न अभिप्रेरित बनाएको छ।
कार्यक्रमका मुख्य आकर्षणहरू:
🇳🇵 सांस्कृतिक विविधता र एकताको प्रदर्शन गर्दै
🇳🇵 परम्परागत नेपाली खाना स्टलहरू
🎶 सजीव संगीत प्रस्तुति (Live Music Performance)
💃 सांस्कृतिक नृत्य तथा लोकनृत्य कार्यक्रमहरू
🏳️ झण्डा फहराउने विशेष समारोह (Flag Raising Ceremony)
🖼️ कला, हस्तकला तथा अन्य विविध प्रदर्शनीहरू (Art, Handicrafts & More)
नेपालको पहिचान र संस्कृति प्रवर्द्धन गर्ने प्रयास
“नेपाल डे” लाई संस्कृति र विविधतालाई आत्मसात गर्ने दिवस (Celebrating Culture & Embracing Diversity) का रूपमा मनाउने तयारी गरिएको छ। अमेरिका र नेपालबीचको मित्रता, नेपाली डायस्पोराको गौरव र पहिचानलाई अझ सशक्त बनाउने उद्देश्यले यो दिन विशेष बनाइएको हो।
कार्यक्रममा बुद्धको विशाल मूर्ति, नेपालको सांस्कृतिक स्थलहरू, नेपाली झण्डा, झाँकी, नृत्य, जीवजन्तु र धार्मिक रीतिथिति समेटिएको कला दृश्यले सहभागिलाई सजीव अनुभूति दिलाउनेछ।
संयोजन र सहभागिता:
यस कार्यक्रमलाई सफल बनाउन ARC Nepal, NRNA USA, Women for Cause, Government of Nepal – Tourism Promoter, New York, लगायत विभिन्न संघ-संस्थाहरूको सक्रिय सहयोग रहेको छ।
सम्पर्क व्यक्तिहरू:
राजेन्द्र श्रेष्ठ (201) 519-2959
सतेन्द्र साह (347) 738-7190
भक्त गुरुङ (917) 582-5876
महेश मल्ल (646) 823-6709
कल्यान श्रेष्ठ (347) 382-4187
सञ्जीव श्रेष्ठ (347) 387-4316
एक नेपाली, एक पहिचान — फेअर लनमा नेपाल
नवराज केसीको नेतृत्वमा आयोजना भइरहेको यस कार्यक्रमले अमेरिका भरि रहेका नेपालीहरूलाई एक ठाउँमा ल्याउने महत्वपूर्ण माध्यमको रूपमा काम गर्ने अपेक्षा गरिएको छ। यो कार्यक्रमले “नेपाल देखाउने र चिनाउने” अभियानमा ऐतिहासिक खाका कोर्नेछ।
फेअर लन जाऔं, नेपाल डे मनाऔं — संस्कृति, पहिचान र एकताको उत्सवमा सबैलाई हार्दिक निमन्त्रण।