— एसनेपाल न्यूज विशेष रिपोर्ट
मेलबर्न, अष्ट्रेलिया — नेपाली खेल क्षेत्रमा ऐतिहासिक पहिचान बनाइसकेका ओलम्पियन दीपक विष्ट अहिले अष्ट्रेलियामा छन्, र उनले आफ्नो यात्रामा एउटा नयाँ खेल, नयाँ ठाउँ र नयाँ अनुभव सँग परिचय गराएका छन्।

दीपक विष्टले हालै Melbourne Cricket Ground (MCG) मा आयोजना गरिएको Australian Football League (AFL) अन्तर्गतको “Melbourne vs Richmond” खेल प्रत्यक्ष अवलोकन गरे। यो दक्षिणी गोलार्धको सबैभन्दा ठूलो रंगशाला हो, जहाँ करिब १००,००० दर्शक अट्ने क्षमता छ। विशाल भीड, उच्च जोश, र अनौठो शैलीको यो खेलप्रति दीपक विष्टको प्रतिक्रिया निकै उत्साहजनक देखिएको छ।

नयाँ खेल, नयाँ रोमाञ्च
दीपकले आफ्नो अनुभवबारे सामाजिक सञ्जालमा लेखेका छन्:
“नयाँ खेल, नयाँ अनुभव, नयाँ ठाउँ — अस्ट्रेलियन फुलवल (Footy) साँच्चै रोचक र ऊर्जावान खेल हो। यस्तो माहोल, यस्तो ऊर्जा — यो महसुस गर्नु स्वप्निल जस्तो लाग्यो।”
AFL अर्थात अस्ट्रेलियन फुटी, नेपालमा खासै चर्चित छैन, तर अष्ट्रेलियामा भने यो राष्ट्रिय जुनून हो। Oval मैदानमा १८-१८ खेलाडीहरूले बललाई किक, ह्यान्डपास र रन गरेर स्कोर गर्ने यो खेल क्रिकेट र रग्बीको मिश्रणजस्तो देखिन्छ।

खेलप्रति गहिरो चासो
नेपालका लागि चारपटकको साउथ एशियन गेम्सका गोल्ड मेडलिस्ट दीपक विष्ट विश्वका विभिन्न खेलबारे जान्न चाहने र अनुभव सँगाल्ने खेलप्रेमी हुन्।
MCG को भीड, दर्शकको उत्साह र ‘Footy’ को गतिशीलतालाई आत्मसात गर्दै उनले भनेका छन्:
“खेल जुनसुकै होस्, त्यसको आत्मा एउटै हो — प्रतिस्पर्धा, ऊर्जा र एकताको सन्देश। यहाँको खेल शैली र दर्शकको भावनाले मलाई गहिरो प्रभाव पारेको छ।”
नेपालका युवा खेलाडीलाई प्रेरणा
दीपक विष्टको यो अनुभव केवल व्यक्तिगत भ्रमण मात्र होइन, यसले नेपालका युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेलप्रति चासो बढाउने प्रेरणा पनि दिनेछ। नेपालले फुटबल, क्रिकेट र करातेजस्ता खेलमा वैश्विक पहिचान बनाइरहँदा, विश्वका अन्य खेलबारे जानकारी लिनु, बुझ्नु र सिक्नु महत्वपूर्ण हुन्छ भन्ने सन्देश उनले दिएका छन्।

‘खेलले संसार नजिक ल्याउँछ’
अन्ततः दीपक विष्टको यो Footy अनुभवले पुष्टि गर्छ — खेल केवल प्रतिस्पर्धा मात्र होइन, संस्कृतिको आदानप्रदान र मित्रताको पुल पनि हो।