काठमाडौं – नेपालको क्रिकेटको आकाशमा अहिले जुन चम्किलो तारा उदाएको छ, त्यसको नाम हो चतुर बहादुर चन्द। उनको कुशल नेतृत्वमा Cricket Association of Nepal (CAN) ले जस्तो फड्को मारेको छ, त्यो सायद नेपाली क्रिकेट इतिहासमै पहिलो पटक हो।
जहाँ मुलपानीको क्रिकेट मैदान एक समय झारपातले ढाकिएको थियो, आज त्यही मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको स्टेडियम बनिसकेको छ। ग्रीन टप पिच, अत्याधुनिक ड्रेसिङ रूम, भव्य ग्यालरी र flood light बाट जगमगाएको त्यो मैदान अब केवल नेपालकै होइन, दक्षिण एसियाली मुलुककै गर्वको विषय बनिसकेको छ।
र, कुरा केवल मैदानको मात्र होइन। CAN को अफिस पनि चन्दकै नेतृत्वमा सजिएको छ आधुनिकताको प्रतीक बनेर। अहिलेको अफिस हेर्दा लाग्छ, कुनै क्रिकेट महासक्तिको मुटुमा छौं। डिजिटल सिस्टम, व्यवस्थित फाइलिङ, ट्रान्सपेरेन्सी, र क्रिकेट योजनाको धुवाँधार बहस – यस्तो माहोल नेपालमा कहिल्यै देखिएको थिएन।
अचम्म यत्ति हो कि, जता हेरे पनि अब ‘नेपाली क्रिकेट सम्भावना मात्र होइन, परिणाम पनि हो’ भन्ने अनुभूति हुन्छ। अनि त्यो परिणाम ल्याउने जादुगर हुन् चतुर बहादुर चन्द।
उनको भिजन, टीम निर्माण गर्ने सीप, र सबैभन्दा महत्वपूर्ण – ‘काम गरेर देखाउने’ शैलीले नेपाली क्रिकेटको नक्सा फेरीदिएको छ। अब हरेक बालकको सपना आईपीएल होइन, एनपीएल बन्न थालेको छ।
क्रिकेट नेपालमा अब ‘खेल’ होइन, ‘गर्व’ बनेको छ।
र त्यो गर्वको केन्द्रमा छन् – चतुर बहादुर चन्द।