काठमाडौं – नेकपा एमालेका तेजतर्रार नेता तथा पूर्व विद्युत प्राधिकरणका सशक्त कार्यकारी हंस बहादुर बिष्टले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा प्रहार गरेका छन्। उनले खुलेरै भनेका छन्, “ज्ञानेन्द्र शाह राजा नै होइनन्, उनी नेपाली जनताको अस्वीकृत अतीतका प्रतीक हुन्।”
राजतन्त्रको कालो छायाँ देखिसकेका, सत्ता र शक्तिको खेल नजिकबाट नियालेका तथा जनताको दुःख बुझ्ने धरातलीय अनुभव बोकेका बिष्ट अहिले एमाले भित्र राष्ट्रवादी धारको शसक्त आवाजको रूपमा उदाएका छन्। उनी भन्छन्, “राजतन्त्र जनताको शासन होइन, त्यो त हुकुमी शैलीमा लादिएको एक अमानवीय व्यवस्थाको नाम हो। ज्ञानेन्द्र त्यस व्यवस्थाका अनुहार मात्रै हुन्, जुन अब नेपाली समाजले अस्वीकार गरिसकेको छ।”
उनले अझ थपे, “राजा बन्ने सपना देख्नु जनताको मतको उपहास हो। यो लोकतन्त्र हो, सिंहदरबार जनताको हो, नारायणहिटी होइन। हामी अब इतिहास फर्कने छैनौं।”
हंस बहादुर बिष्ट विद्युत प्राधिकरणमा रहँदा प्रष्ट, पारदर्शी र जनपक्षीय कार्यशैलीका लागि चिनिएका थिए। आज त्यही साहसी आवाज राजनीतिमा पनि गुञ्जिरहेको छ। उनले न कुनै दबाब मान्छन्, न कुनै लोभमा झुक्छन्।
सार्वजनिक मञ्चहरूमा बिष्टको नाम अब सत्यका पक्षमा अडिने नेताको रूपमा स्थापित हुँदै गएको छ। उनी भन्छन्, “म राजा होइन, राष्ट्र चाहन्छु। जनताको निर्णय नै मेरो धर्म हो।”
आजको नेपालमा जब गणतन्त्रलाई चुनौती दिने स्वरहरू उठ्न थालेका छन्, हंस बहादुर बिष्टजस्ता नेता नै साँचो लोकतन्त्रका अभिभावक हुन्। जनता यस्तै नेतृत्व चाहन्छन् – स्पष्ट, निडर र राष्ट्रवादी।