काठमाडौं — नेपाल तान्त्रिक झाँक्री संघलाई हार्दिक स्वागत गर्दै संघका प्रतिनिधि प्रकाश भुजेलले आत्मीयता र सम्मानसहित धन्यवाद व्यक्त गरेका छन्। संघप्रति समर्थन जनाउँदै स्वागत कार्यक्रममा विशेष रूपमा योगदान पु-याउनु हुने श्री श्रीकृष्ण खड्का, सुन्दर खड्का, रमेश डंगोल र विष्णु गुरुङलाई उनले “विशेष धन्यवाद” अर्पण गरेका हुन्।

प्रकाश भुजेलले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त भाव प्रकट गर्दै, झाँक्री परम्परा, तान्त्रिक पराम्परागत ज्ञान र नेपाली मौलिक संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका लागि संघले गरिरहेको प्रयासप्रति गहिरो सम्मान व्यक्त गरेका छन्।
उनको भनाइमा, “संघप्रति देखाइएको विश्वास, सद्भाव र समर्थनले हामीलाई अझ सशक्त, संगठित र उद्देश्यप्रति प्रतिबद्ध बनाएको छ।”

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै उनले उल्लेख गरे: “हामीलाई स्वागत गरिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं, विशेषगरी चारजना महानुभावप्रति हाम्रो विशेष कृतज्ञता छ।”
नेपाल तान्त्रिक झाँक्री संघले देशभर मौलिक तान्त्रिक र झाँक्री विधाको पहिचान, सम्मान र संरक्षणको लागि अभियान चलाइरहेको छ।