कञ्चनपुर, ।“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ नवयुग युवा क्लब, कृष्णपुर–७ मेट्याकटानले वडा अध्यक्ष भलिबल प्रतियोगिता–२०८० को आयोजना गर्न लागेको छ। यही २०७९ सालको चैत्र ३० गते देखि सुरु हुने प्रतियोगिता स्थानीय युवा प्रतिभा उजागर गर्दै, समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आयोजना गरिएको हो।
प्रतियोगिता कृष्णपुर नगरपालिका वडा नं. ७ को वार्षिक कार्यक्रम अन्तरगत वडा अध्यक्षको विशेष पहलमा सम्पन्न हुँदैछ। यस प्रतियोगितालाई स्थानीय खेल संस्कृतिको प्रवर्धन, युवालाई गलत बाटोबाट जोगाउने तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिने आयोजकले जनाएको छ।
पुरस्कार विवरण:
- प्रथम पुरस्कार: रु. २५,१११ + ट्रफी + प्रमाण–पत्र
- द्वितीय पुरस्कार: रु. १५,१११ + ट्रफी + प्रमाण–पत्र
- तेस्रो पुरस्कार: रु. १०,१११ + ट्रफी + प्रमाण–पत्र
मुख्य जानकारीहरू:
- खेल सुरु मिति: २०७९/१२/३० बिहान १०:०० बजे
- स्थान: मेट्याकटान खेलमैदान, कृष्णपुर–७
- टिम दर्ताको अन्तिम मिति: २०७९/१२/२९ साँझ ५:०० बजे
- टिम दर्ता शुल्क: निःशुल्क
- प्रत्येक टिममा खेलाडी संख्या: ९ जना
- खेल तालिका सार्वजनिक हुने समय: खेल सुरु हुने दिन बिहान १० बजे
नियमहरू:
- खेलमा सीमित टिम मात्र सहभागी गराइनेछ।
- प्रतियोगिता कृष्णपुर नपा–७ भित्रका खेलाडीहरूका लागि मात्र खुला हुनेछ।
- बाहिरी टिमहरू समावेश भएमा टिम अयोग्य ठहरिनेछ।
- खेलमा हुनसक्ने चोटपटक लगायतका घटनाको जिम्मेवारी खेलाडी आफैंको हुनेछ।
- प्रतियोगितासम्बन्धी अन्तिम निर्णय आयोजकको हुनेछ।
सम्पर्क:
आयोजक: नवयुग युवा क्लब
स्थान: कृष्णपुर–७, मेट्याकटान, कञ्चनपुर
फोन: ९८४७५०६६८८ / ९८५११८२३६४
प्रतियोगितालाई सफल बनाउने जिम्मा आयोजकमात्र नभई सम्पूर्ण वडावासीको भएको भन्दै नवयुग युवा क्लबले सबैलाई सहभागिता, सहयोग र हौसला दिन अनुरोध गरेको छ।
वडा अध्यक्षको विशेष संरक्षणमा आयोजना हुन लागेको यो प्रतियोगिता वडा ७ को गौरव र एकताको प्रतीक बन्ने आशा गरिएको छ।