Yes Nepal News

A complete Online News Portal from Nepal

साना तुलाधरको मोडलिङ्मा इन्ट्री, ‘अर्को जुनी’ म्युजिक भिडियोमा धमाका

काठमाडौं – मोडलिङ क्षेत्रमा नयाँ अनुहारको रूपमा साना तुलाधरले इन्ट्री गरेकी छन्। सानैदेखि मोडलिङमा रुचि राख्ने सानाले हालै सार्वजनिक भएको ‘अर्को जुनी’ म्युजिक भिडियोमार्फत आफ्नो करियर सुरु गरेकी हुन्।

Screenshot

यो म्युजिक भिडियोमा सानाको दमदार उपस्थितिलाई दर्शकले निकै मन पराएका छन्। उनको एक्सप्रेसन, नृत्य शैली र आत्मविश्वासलाई लिएर सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेका छन्।

मोडलिङमा आफूलाई अब्बल बनाउने लक्ष्यका साथ अघि बढिरहेकी सारालाई उनका परिवारको पनि साथ छ। विशेष गरी, उनको आमाले उनलाई सधैं प्रेरित गर्दै आएकी छन्।

 

Screenshot

‘अर्को जुनी’ म्युजिक भिडियोले छोटो समयमा नै राम्रो दर्शक प्रतिक्रिया पाइरहेको छ। भिडियोमा सानाको अभिनयसँगै उत्कृष्ट सिनेमाटोग्राफी र भावनात्मक कथा प्रस्तुत गरिएको छ। अब साना मोडलिङ क्षेत्रमै आफूलाई स्थापित गर्न निरन्तर मेहनत गरिरहेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading