एसनेपालन्युज डेक्स, पाँचखाल – विदेशमा उच्च शिक्षा हासिल गर्ने चाहना राख्ने विद्यार्थीहरूका लागि खुशीको खबर! पाँचखाल नगरपालिका-४, काभ्रेपलाञ्चोकमा ‘एसएस एजुकेशन कन्सल्टेन्सी’ स्थापना भएको छ। यस कन्सल्टेन्सीले क्यानडा, अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया, यूके, न्युजिल्यान्ड, डेनमार्क लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक परामर्श र सेवा प्रदान गर्नेछ।

विद्यार्थीहरूको सफल भविष्य निर्माणका लागि विश्वसनीय परामर्श, छात्रवृत्ति अवसर, भिसा प्रक्रिया, विश्वविद्यालय छनोट तथा IELTS, PTE, JLPT, TOPIK जस्ता टेस्ट तयारी सेवाहरू उपलब्ध गराइनेछ।
कन्सल्टेन्सीका प्रतिनिधिहरूका अनुसार, सही परामर्शको अभावमा धेरै विद्यार्थीहरू विदेश अध्ययनको अवसर गुमाइरहेको अवस्थालाई मध्यनजर गर्दै, भरपर्दो र पारदर्शी सेवा दिने उद्देश्यले एसएस एजुकेशन कन्सल्टेन्सी स्थापना गरिएको हो।
अब विदेशमा अध्ययन गर्ने सपना पूरा गर्नका लागि टाढा जानु पर्दैन। इच्छुक विद्यार्थी तथा अभिभावकले थप जानकारीका लागि एसएस एजुकेशन कन्सल्टेन्सीको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
👉 एसएस एजुकेशन कन्सल्टेन्सी
📍 पाँचखाल नगरपालिका-४, काभ्रेपलाञ्चोक
(एसनेपालन्युज डेक्स)