रिचमण्ड (अमेरिका) ।नेपाली कम्युनिटी सेन्टरको आयोजनामा उत्तर क्यालिफोर्नियामा हुने ग्राण्ड दशैं मेला–२०२५ को तयारी धमाधम भइरहेको छ। यस मेलालाई यहाँको नेपाली समुदायले वर्षकै सबैभन्दा ठूलो उत्सवका रूपमा मनाउने तयारी गरेको छ।
Screenshot
नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष प्रीतेश कार्कीको नेतृत्वमा भव्य रूपमा आयोजना हुन लागेको मेलामा विविध कार्यक्रमहरू राखिनेछन्। मेलामा खानेकुरा (Food Stall), व्यवसायिक स्टल (Business Stall), सांगीतिक तथा नृत्य प्रस्तुतिहरू (Performer – Singer & Dancer), फोटो तथा भिडियो, डीजे तथा सजावट (DJ or Decoration) साथै स्वयंसेवक (Volunteer) को आवेदन लिन थालिएको आयोजकले जनाएको छ।
मेला २०२५ सेप्टेम्बर २७ र २८ गते (शनिबार र आइतबार) बिहान ११ बजे देखि साँझ ७ बजेसम्म Nepali Community Center, 369 Chesley Ave, Richmond, CA मा आयोजना हुने भएको छ।
अध्यक्ष कार्कीले भने, “दशैं हाम्रो संस्कृतिको मात्र नभई आपसी भेटघाट, एकता र सम्बद्धताको पर्व हो। अमेरिका बस्ने सम्पूर्ण नेपालीलाई एउटै थलोमा जोड्ने हाम्रो प्रयास सफल हुनेमा हामी आशावादी छौँ।”
कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य, रमाइला खेलहरू, बालबालिकाका लागि विशेष आकर्षण, विविध नेपाली स्वादका परिकारहरू, तथा व्यवसायिक स्टलहरू रहनेछन्। आयोजकको भनाइ अनुसार यसपटकको मेला अघिल्ला वर्षभन्दा अझै भव्य र व्यवस्थित हुने छ।