Yes Nepal News

A complete Online News Portal from Nepal

करिब दुई सालदेखि सार्वजनिक जीवनबाट टाढिएका पूर्वमन्त्री लालबाबु पण्डित श्रीमतीको सेवामा समर्पित

 जेष्ठ १० गते शुक्रबार काठमाडौं- राजेन्द्र ताम्राकार 

कहिल्यै नेपालको राजनीतिमा कडा र सिधा व्यक्तित्वका रूपमा चिनिने पूर्वमन्त्री तथा एमाले नेता लालबाबु पण्डित अहिले परिवारिक जिम्मेवारीमा केन्द्रित छन्। लामो समयदेखि सार्वजनिक जीवनबाट टाढा रहेका पण्डित श्रीमती विमलाको उपचार र सेवामा पूर्ण समर्पित भएका छन्।

विगत करिब दुई वर्षदेखि विमला पण्डित मायसाइटिस भन्ने गम्भीर रोगबाट पीडित छन्। यो रोगले मांसपेसीहरू कमजोर बनाउने, नसामा असर पुर्‍याउने र शारीरिक रूपमा अत्यन्तै दुर्बल बनाउने गर्दछ। अहिले उनी अस्पतालमा अक्सिजन सपोर्टमा रहनु भएको छ भने लालबाबु पण्डित उहाँको छेउमै खटिएका छन्।

भर्खरै सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा अस्पतालको शय्यामा बिरामी अवस्थामा रहेकी श्रीमतीको छेउमा उभिएका पण्डित निकै भावुक देखिन्छन्। उनले लेखेका छन्,“जीवन संघर्ष हो प्रिय, अहिले हामी पीडामा छौं, तर सधैं यस्तै रहने छैन। चाँडै सबै ठिक होस् भन्ने कामना छ। सबै शुभेच्छुकप्रति हामी कृतज्ञ छौं।”

राजनीतिक उचाइमा पुगेका पण्डितको यो मानवीय र भावनात्मक पाटोले धेरैलाई छुनेछ। श्रीमतीको उपचार र सेवा–सुसारमा समर्पित जीवन बिताइरहेका उनी अहिले आफ्ना समर्थक तथा शुभचिन्तकहरूसँग स्वास्थ्य लाभको कामना मात्र मागिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading