काठमाडौँ, २६ अगस्ट २०२५ – नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले आफ्नो सामाजिक सञ्जाल मार्फत हरितालिका तीजको अवसरमा दिदी–बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
रेखा थापाले लेख्नुभएको छ कि धार्मिक दृष्टिले हरितालिका तीज नारीहरूको सौभाग्य र समृद्धिका लागि पर्व मानिन्छ। तर उनले यसलाई नारी शक्ति, नारी दिवस, र नारी सम्मेलनको रूपमा पनि हेर्न सकिने दृष्टिकोण व्यक्त गर्नुभएको छ। उनका अनुसार, यस अवसरमा दिदी–बहिनीहरू एक ठाउँमा भेला भएर नाँच र उत्सव मनाउँदा मनमा रहेको पीडा र नैरसयताको भाव उखेलिने वातावरण सिर्जना हुन्छ।
उहाँले यस पर्वको महत्वलाई जोड्दै धर्म, संस्कृति, संस्कार, मूल्य र मान्यतालाई संरक्षण गर्नु आवश्यक रहेको बताए। साथै, भड्किलो र खर्चिलो रूपमा नभई, सकरात्मक पक्षसँग नजिक भएर यस उत्सवलाई भव्य रूपमा मनाउन सबैलाई आग्रह गर्नुभयो।
रेखा थापाले अन्ततः देश–विदेशमा रहनु भएका सम्पूर्ण दिदी–बहिनीहरूलाई हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभयो, र नारीहरूको सशक्तिकरण तथा संस्कृतिप्रतिको सम्मानमा यसको भूमिका स्मरण गराउनुभयो।













Leave a Reply