गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका २०२५–२७ को नेतृत्व चयन प्रक्रिया तीव्र बन्दै जाँदा प्रभावशाली र अनुभवी नेता विष्णु खत्री उपाध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। आफ्नो लामो अनुभव, सामाजिक सेवा र नेतृत्व क्षमताका आधारमा उनले आगामी कार्यकालमा संघलाई अझ प्रभावकारी बनाउन दृढ संकल्प व्यक्त गरेका छन्।
वर्षौंदेखि अमेरिकी भूमिमा नेपाली समुदायका हितका लागि सक्रिय खत्री, संघीय संरचनामा पारदर्शिता, नीति-नियमको प्रभावकारी कार्यान्वयन र सबै सदस्यको समान प्रतिनिधित्वको पक्षमा स्पष्ट एजेन्डा अघि सार्दै आएका छन्। समुदायमा एकता, आपसी विश्वास र पारस्परिक सहयोगलाई सुदृढ बनाउनु उनको प्रमुख प्राथमिकता हो।
समुदायभित्र युवाहरूको सहभागिता बढाउने, महिला नेतृत्वको अवसर सुनिश्चित गर्ने र नेपाल–अमेरिका बीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउन खत्रीको योजनाले सदस्यहरूमा उत्साह जगाएको छ। उनका अनुसार, एनआरएनए एनसीसी अमेरिका केवल औपचारिक संस्था नभई सबै नेपालीको साझा घर हुनुपर्छ, जहाँ प्रत्येक सदस्यको आवाजलाई सम्मान दिइन्छ।
चुनावी माहोल तात्दै जाँदा विष्णु खत्रीको उम्मेदवारीले उपाध्यक्ष पदमा एक सशक्त प्रतिस्पर्धा सिर्जना गरेको छ। उनका समर्थकहरू उनलाई “समर्पित, कर्मठ र इमानदार” नेताका रूपमा प्रस्तुत गर्दै संघको आगामी नेतृत्वमा उनको उपस्थितिलाई अपरिहार्य बताउँदैछन्।















Leave a Reply