अष्ट्रेलिया, जुन ३०—यूटीसी (UTC) का प्रमुख एवं वरिष्ठ समाजसेवी शिव बन्जराले आफ्नो जन्मदिनको अवसरमा एक भावनात्मक तथा प्रेरणादायी सन्देश सार्वजनिक गर्दै जीवन र सत्कर्मबारे गहन विचार व्यक्त गरेका छन्।
“जन्म संयोग हो भने मृत्यु शाश्वतः, जन्म र मृत्यु बीचको जीवन नै अमूल्य हो,” भन्दै बन्जराले जीवनलाई सार्थक बनाउने एक मात्र माध्यम सत्कर्म रहेको स्पष्ट पारेका छन्। जन्मदिनमा प्राप्त शुभकामना, आशीर्वाद र प्रेरणाका सन्देशहरूले आफूलाई अझ समाजसेवामुखी मार्गतर्फ अग्रसर गराएको उल्लेख गर्दै उनले आभार व्यक्त गरेका छन्।
बन्जराले लेखेका छन्,
“मेरो आज परेको जन्म दिनको अवसरमा यहाँहरूले अर्पण गर्नु भएको आशिर्बादका पुष्पगुच्छाहरू र सुमधुर बाणीहरूबाट मलाई सत्कर्मको बाटोमा अझै अघि बढ्ने प्रेरणा र ऊर्जा प्राप्तिको आत्मानुभूति भएको छ।”
समाजसेवामा समर्पित बन्जरा लामो समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समुदायको हित र कल्याणमा क्रियाशील रहँदै आएका छन्। नेपालप्रतिको गहिरो माया र सामाजिक उत्तरदायित्वप्रतिको दृढ अडानले उनलाई नेपाली डायस्पोरामा एक प्रेरणाका रूपमा स्थापित गराएको छ।
अन्त्यमा उनले सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्दै लेखेका छन् :
“यहाँहरू सबैलाई भगवानले सदैव कल्याण गरून्, जय होस् !!”
उनको यो सन्देशले जीवनको मूल्य, कृतज्ञता र सत्कर्मको मार्गप्रति प्रेरणा दिनुका साथै सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काउँछ।