नेपाली फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री सुरक्षा पन्त अहिले सामाजिक सञ्जालमा ठूलाे आलोचनामा परेकी छिन्। एउटा चर्चित अन्तर्वार्तामा उनले पूर्व युवराज हृदयेन्द्र शाहप्रति व्यक्त गरेकाे अभिव्यक्तिलाई लिएर अहिले फेसबुकदेखि टिकटकसम्म भाइरल क्लिपसहित उनको आलोचना भइरहेको छ।
सो क्लिपमा सुरक्षा पन्तलाई हृदयेन्द्र शाहकाे तस्बिर देखाइन्छ। उनी हल्का हाँसी मजाकमा भन्छिन्:
“ग्रान्ड चाइल्ड अफ किङ… पारसको छोरो होइन? के रे नाम?”
जब कार्यक्रम सञ्चालकले नाम स्मरण गराइदिन्छन्, उनले उत्साहित हुँदै भन्छिन्:
“उहाँको ठुलो फ्यान छ नि दाइ! योङ्स्टर नानी केटीहरूको… हाहाहा… धेरैले उहाँलाई मन पराउनुहुन्छ।”
त्यसपछि जब उनलाई भविष्यमा हृदयेन्द्र शाहलाई कुन भूमिकामा देख्न चाहनुहुन्छ? भन्ने प्रश्न गरिन्छ, उनले हाँस्दै प्रतिक्रिया दिन्छिन्:
“आउनुस् फिल्म इन्डस्ट्रीमा! राम्रो हुनुहुन्छ, लुक्सहरू राम्रो छ, आइ होप अभिनय पनि सक्नुहुन्छ होला।”
यहि हाँसी-मजाकले मिश्रित बोलिका कारण अहिले उनको सो अभिव्यक्तिमाथि राम्रोसँग गम्भीर टिप्पणी भइरहेका छन्। धेरैले यो पूर्व राजसंस्थाप्रति अवमूल्यन तथा व्यक्तिगत सम्मानमा ठेस पुगेको भनी व्याख्या गरेका छन्।
सामाजिक सञ्जालमा प्रतिक्रियाहरू
टिकटक, फेसबुक र एक्स (Twitter) मा क्लिप भाइरल भइरहँदा धेरै प्रयोगकर्ताहरूले सुरक्षा पन्तप्रति आक्रोश पोखिरहेका छन्। कसैले लेखेका छन्:
- “सार्वजनिक व्यक्तित्व भएर यस्तो हल्का टिप्पणी गर्नु लाजमर्दो हो।”
- “राजसंस्थाका प्रतिनिधिबारे यस्तो कुरा गर्नु राष्ट्रिय अपमान हो।”
- “यो जोक थिएन, यो जानीजानी गरिएको असम्मान थियो।”
अर्कोतर्फ, केहीले दिए समर्थन
तर केही प्रयोगकर्ताहरूले भने यो विषयलाई मजाकको रुपमा हेर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार:
“सुरक्षाले अभद्र भाषा प्रयोग गरेकी छैनन्, हल्का हास्य शैलीमा बोलेकी हुन्।”
एक प्रयोगकर्ताले लेखेका छन्:
“हामी कलाकारसँग ईमानदार प्रतिक्रिया माग्छौं, तर बोलेपछि त्यसैलाई खुँडा बनाएर प्रहार गर्छौं।”
सुरक्षाको तर्फबाट प्रतिक्रिया आउन बाँकी
हालसम्म सुरक्षा पन्तले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएकी छैनन्, तर सामाजिक दबाब बढेसँगै उनले स्पष्टीकरण दिने सम्भावना छ।
यस प्रकरणले फेरि एक पटक नेपाली सेलेब्रेटीहरूका अभिव्यक्तिको जिम्मेवारीबारे बहस चर्काएको छ। सार्वजनिक मंचमा हल्का मजाकले पनि तुफान ल्याउन सक्छ भन्ने उदाहरण बनेकी छन् सुरक्षा पन्त।