काठमाडौं / टोकियो –Asian Women Leaders Forum (AWLF) Nepal Chapter की अध्यक्ष तथा CE Human Resources Company Limited की कार्यकारी निर्देशक संगीता अधिकारी सुवेदी को नेतृत्वमा जापानबाट नेपाल आएको १६ सदस्यीय उच्चस्तरीय टोलीको हालै सम्पन्न भ्रमण अत्यन्तै सफल, ऐतिहासिक र प्रेरणादायी रह्यो।
१४ जना जापानी नागरिक र एक जना अमेरिकन सहभागी रहेको यस भ्रमण टोलीका सबै सदस्यका लागि यो पहिलो नेपाल भ्रमण थियो। विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँगको अन्तरक्रिया, नीति निर्माणमा सहयोगी संवाद, र नेपाली संस्कृतिको प्रत्यक्ष अनुभवले यो भ्रमणलाई असाधारण बनायो।
⸻
उपलब्धिपूर्ण भेटघाट र कूटनीतिक सद्भाव
नेपालमा रहँदा टोलीले विभिन्न तहका विशिष्ट व्यक्तिहरूसँग सम्मानजनक भेटघाट गर्यो।
भ्रमण टोलीलाई नेपाल सरकारका पूर्व युवराज्ञी राजकुमारी हिमानी शाह ज्यूले आत्मीय स्वागत गर्नुभएको थियो।
त्यसैगरी वन तथा वातावरण राज्यमन्त्री माननीय रुपा विक, भरतपुर महानगर प्रमुख रेणु दाहाल, काठमाडौं महानगर उपमेयर सुनिता डंगोल, NRNA ICC उपाध्यक्ष रविन शेरचन,
सिटी एक्सप्रेस नेपालका सिइओ चन्द्र टण्डन, सिटी एक्सप्रेस जापानका सिइओ महेश श्रेष्ठ,
चलचित्र सेन्सर बोर्ड सदस्य सम्पन्न श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् सदस्य सुवास श्रेष्ठ,
Hard Power Project Manager गोरे शेर्पा, र प्रभु बैंकका सिइओ अशोक शेरचन जस्ता व्यक्तित्वहरूसँगको गहिरो संवादले भ्रमणलाई नीति, व्यवसाय र सामाजिक उत्तरदायित्वका दृष्टिले अझ समृद्ध बनायो।
त्यसैगरी बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्के तथा
नेपाल सरकारका अर्थमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता बिष्णु पौडेल ज्यूसँग पनि भ्रमण टोलीले
देशको आर्थिक सम्भावना, लगानी अवसर र भविष्यका सहकार्यबारे व्यापक छलफल गरेको थियो।

सृजनात्मकताको प्रतीक : IEC कलेजसँग सहकार्य
IEC College of Art and Fashion को भ्रमण पनि टोलीका लागि विशेष रह्यो।
नेपालमै अन्तर्राष्ट्रियस्तरको फेसन र इन्टेरियर डिजाइन शिक्षाको प्रतिनिधित्व गर्ने यस संस्थाले
भविष्यका सृजनात्मक नेतृत्व उत्पादन गर्ने अभियानमा संलग्न रहेको भ्रमण टोलीले महसुस गर्यो।
प्रशिक्षित शिक्षक, प्रविधिमैत्री सिकाइ र अन्तर्राष्ट्रिय अवसरसहित IEC ले
नेपाली युवाहरूको प्रतिभा निखार्न कसर बाँकी राखेको छैन।
AWLF र IEC बीच भविष्यमा संयुक्त कार्यशाला, विद्यार्थी विनिमय कार्यक्रम र ग्लोबल नेटवर्किङका सम्भावनाहरू समेत छलफल गरिएको थियो।

नेपाल एयरलाइन्सको भव्य स्वागत
टोली नेपाल आउँदा नेपाल एयरलाइन्स का वरिष्ठ अधिकारी डा. ऋषिकेश पन्थी ज्यूको अगुवाइमा
त्रिभुवन विमानस्थलमा विशेष सम्मानसहित स्वागत गरिएको थियो।
यसले जापान–नेपाल सम्बन्धमा आत्मीयता, सम्मान र आपसी समझदारीको थप सेतु निर्माण गर्यो।

संगीता अधिकारी सुवेदी : नेतृत्व, समर्पण र महिला सशक्तिकरणको आवाज
यस सम्पूर्ण भ्रमणलाई सुन्दर र सफल नेतृत्व दिने संगीता अधिकारी सुवेदी
स्वयंमा नेपाली महिलाको अन्तर्राष्ट्रिय पहिचानको प्रेरणादायी पात्र हुन्।
AWLF Nepal Chapter की अध्यक्षको रूपमा उनले नेतृत्व विकास, अन्तर्राष्ट्रिय नेटवर्किङ,
व्यवसायिक अवसर र महिला सशक्तिकरण का क्षेत्रमा निरन्तर कार्य गरिरहेकी छन्।
उनको नेतृत्वमा AWLF ले नेपाली महिलालाई ग्लोबल प्लेटफर्ममा स्थापित गर्न अभियान चलाइरहेको छ।
उनी केवल संस्थागत प्रमुख होइनन्—उनी आवाजविहीनको आवाज,
नेतृत्वविहीनको दिशानिर्देशक र सम्भावनाको मुक्तद्वार हुन्।

AWLF को तर्फबाट गहिरो धन्यवाद
AWLF Global CEO तथा अध्यक्ष AI Sasaki,
AWLF Nepal Chapter अध्यक्ष संगीता अधिकारी सुवेदी र सम्पूर्ण संगठनको तर्फबाट
यो ऐतिहासिक भ्रमणलाई सफल बनाउन योगदान गर्ने सबै विशिष्ट व्यक्तित्वहरूलाई
गहिरो कृतज्ञता र हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
⸻
नेपाल भ्रमण केवल कार्यक्रम थिएन—
यो नेतृत्व, संवाद र समर्पणको अन्तर्राष्ट्रिय उत्सव थियो।
र संगीता अधिकारी सुवेदी—त्यस उत्सवको प्रेरणामयी केन्द्र।