गोदावरी नगरपालिका वडा नं १० का वडाध्यक्ष रविन्द्र शाही ‘गुडु’ले आफ्नो दोस्रो कार्यकाललाई जनताको विश्वास र अपेक्षाअनुसार विकासमै समर्पित गरेका छन्। पहिलो कार्यकालमै उल्लेखनीय काम गरेर जनताको मन जित्न सफल शाहीले दोस्रो कार्यकालमा अझ प्रभावकारी र दूरदर्शी योजनाहरू अघि बढाएका छन्।
वडामा सडक सुधार, ढल व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्य, सफाइ, खुला स्थान व्यवस्थापनदेखि स्मार्ट बत्ती र पार्क निर्माण जस्ता योजनाहरूले द्रुत गति लिएका छन्। वडाध्यक्ष शाहीको नेतृत्वमा हाल वडा नं १० लाई आधुनिक र व्यवस्थित बनाउने दीर्घकालीन दृष्टिकोणअनुसार पूर्वाधारहरू निर्माण भइरहेका छन्।
स्थानीय बासिन्दा बताउँछन्:
“पहिलो कार्यकालमै गुडु दाइले जुन खालको काम गरेर देखाउनुभयो, त्यसपछि हामीले उहाँलाई पुनः जिताउनु स्वाभाविक थियो। अहिले त वडा नै चम्किएको छ।”
शाही स्वयं पनि भन्छन्:
“विकास कुनै प्रचारको विषय होइन, जनताको जीवनस्तर सुधार गर्नु नै मेरो उद्देश्य हो। म जनताको सेवामा निरन्तर लागिरहनेछु।”
उनको पारदर्शी नेतृत्व, कामप्रतिको प्रतिबद्धता र युवाहरूलाई समेट्ने शैलीले गोदावरी-१० मा राम्रो प्रशासनिक अभ्यासको उदाहरण पेश गरिरहेको छ।
वडाध्यक्ष शाहीको यो सक्रियता र समर्पणले गोदावरी वडा नं १० लाई अत्तरीय क्षेत्रकै एक उत्कृष्ट नमुना वडाका रूपमा स्थापित गर्ने सम्भावना बलियो हुँदै गएको छ।