इटहरीको गौरवको प्रतीक सेन्ट्रल प्लाजा भीषण आगलागीको चपेटामा परेपछि सम्पूर्ण शहर स्तब्ध भयो। यो केवल एउटा व्यावसायिक भवन जल्नु मात्र थिएन, बरु थुप्रै सपना, परिश्रम र संघर्षको प्रत्यक्ष क्षति थियो। आगलागीपछि उद्दारकार्य सकिए पनि त्यसको पीडा व्यवसायीहरूको अनुहारमा प्रस्ट देखिन्थ्यो।
प्रदेश सांसद एवम् एमाले नेतृ मिना श्रेष्ठ घटनास्थलमा बिहानैदेखि उपस्थित थिइन्। उनले आफ्नो अनुभूति सामाजिक सञ्जालमार्फत साझा गर्दै सेन्ट्रल प्लाजाका सञ्चालक राजेश श्रेष्ठ को भावनात्मक अवस्थालाई शब्दमा उतारेकी छिन्। आगलागीको धक्काले राजेश श्रेष्ठलाई निकै मर्माहित बनाएको थियो। “अंकल दशा लागेको रहेछ,” भनेर उनले आफूलाई सम्हाल्ने प्रयास गरे, तर यो केवल एउटा भावुक अभिव्यक्ति मात्र थिएन, यो एक व्यवसायीको मनभित्रको पीडा थियो।
दमकलको लगातार प्रयासपछि आगो नियन्त्रणमा आए पनि, यस घटनाले कोशी प्रदेशकै व्यापारिक केन्द्रको रुपमा रहेको सेन्ट्रल प्लाजालाई गहिरो चोट पुर्याएको छ। सांसद मिना श्रेष्ठले “सेन्ट्रल प्लाजा अझ सुन्दर र मजबुत भएर पुनर्निर्माण हुनेछ” भन्ने विश्वास व्यक्त गर्दै, व्यवसायीहरूलाई मनोबल नगिराउन आग्रह गरिन्।
यो घटनाले केवल भौतिक सम्पत्ति मात्र नभई, इटहरीको आर्थिक गतिविधिलाई गहिरो असर पु¥याएको छ। तर, सांसद श्रेष्ठजस्ता नेताहरूको हौसला र स्थानीय समुदायको ऐक्यबद्धता यसलाई पुनः जीवन्त बनाउने प्रमुख स्रोत बन्न सक्छ। इटहरी उठ्नेछ, सेन्ट्रल प्लाजा पुनः जीवन्त हुनेछ!