Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • बागमती प्रदेश
  • Home
  • News
  • प्रधानमन्त्री कार्यालयद्वारा नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन
प्रधानमन्त्री कार्यालयद्वारा नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन
64x64
एस नेपाल न्युज संवाददाता
३ महिना अगाडी

चितवन, १८ माघः प्रधानमन्त्री कार्यालयले नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो ।

टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको उक्त सडक स्तरोन्नतिका क्रममा सर्वसाधारणले दुःख पाएपछि यथाशीघ्र काम सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहाकार पौडेल, निजी सचिव विनोदबहादुर कुँवर, प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर मोहदेव भट्ट, सडक विभागका उपमहानिर्देशक डा विजय जैसी, सिनियर डिभिजनल इञ्जिनियर सुरेश पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहित दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । साथै तीनै वटा खण्ड हेर्ने आयोजनाका प्रमुख, इञ्जिनियर, निर्माण कम्पनीका प्रतिनिधि लगायत उपस्थिति थियो ।

एक वर्षभित्रमा निर्माण सक्नेगरी तालिका अद्यावधि गरेर काम गर्न आग्रह गरिएको प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर भट्टले जानकारी दिनुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नियमित अनुगमन गरी कामलाई यथासक्य छिटो सम्पन्न गरेर आमनागरिकलाई सहजीकरण गर्ने विषयमा आयोजना प्रमुखलाई आवश्यक निर्देशन दिइएको छ । उहाँले हरेक महिना अनुगमन गरी कामलाई तीव्रता दिने वातावरण मिलाइने बताउनुभयो ।

करिब ९५ किलोमिटर दूरी रहेको यो खण्ड तीन चरण (प्याकेज) छुट्याएर स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी छुट्याइएको छ । पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किमी, दोस्रोमा ४३ दशमलव ५४ किमी र तेस्रोमा ३८ दशमलव ८६ किमी रहेको आयोजना कार्यालयले जनाएको छ ।

पहिलो प्याकेजको नागढुङ्गा–मुग्लिन खण्ड गत जेठ २७ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भए म्याद नाघेको आठ महिना भइसकेको छ । हालसम्म ६५ प्रतिशत मात्र काम भएको छ । यो खण्डको स्तरोन्नतिका लागि रु एक अर्ब ३० करोडमा ठेक्का सम्झौता गरिएको थियो ।

दोस्रो प्याकेजअन्तर्गत नौबिसे–मलेखु खण्ड ४३ दशमलव ५४ किमी विसं २०८२ जेठ २७ भित्र सम्पन्न गर्नेगरी विसं २०७९ वैशाख १४ गते रु पाँच अर्ब ३३ करोड १९ लाख लागतमा ठेक्का सम्झौता भएको हो । यो खण्डअन्तर्गत २८ प्रतिशत मात्र काम भएको छ भने निर्माणको म्याद थप गरी विसं २०८३ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तेस्रो प्याकेजमा मलेखु–मुग्लिन खण्ड पर्दछ । यसको लम्बाइ ३८ दशमलव ८६ किमी छ । रु चार अर्ब ८० करोड ५९ लाखमा निर्माण गर्नेगरी विसं २०७९ पुस १५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०८२ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्नेमा हालसम्म २३ प्रतिशत मात्र काम भएको छ । यस खण्डबाट दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्छन् ।

प्रकाशित मिति: ३ महिना अगाडी
चितवननागढुङ्गा–मुग्लिन खण्डनागढुङ्गा–मुग्लिन सडकप्रधानमन्त्री कार्यालय
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ३0 मिनेट अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh १ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ८ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ८ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ८ घण्टा अगाडी
कोरियाबाट भैरहवा हुँदै विश्व बजारमा ‘हाङकुक चाउचाउ’: एनआरएनए नेता विनोद कुँवरको प्रिमियम नेपाली ब्रान्डले रच्दै नयाँ अध्याय ९ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...