Main Navigation
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Yes Nepal News
  • होमपेज
  • समाचार
  • राजनीति
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणिज्य
    • बैंक/बित्त
    • बीमा
    • सेयर बजार
  • कला / मनोरञ्जन
    • कलिवुड
    • बलिउड
    • हलिउड
  • सूचना-प्रविधि
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
Search Here
  • बागमती प्रदेश
  • Home
  • News
  • भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधवनारायण मेला सुरु
भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधवनारायण मेला सुरु
64x64
एस नेपाल न्युज संवाददाता
४ महिना अगाडी

भक्तपुर, २९ पुसः नेपाल संवत्को आठौँ शताब्दीमा प्रारम्भ भएको एकमहिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा सुरु भएको छ ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म आयोजना हुने मेलामा आज हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान तथा सूर्यलाई अघ्र्य दिएर व्रत सुरु भएको पुजारी सरोजन शर्माले बताउनुभयो ।

साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको उहाँले बताउनुभयो । नेपाल संवत् ७२२ मा राजा रणजित मल्ल आफैँ उपस्थित भएर व्रत प्रारम्भ भएको शिलालेखमा रहेको उहाँले बताउनुभयो । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जलग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जलग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी शर्माले जानकारी दिनुभयो । त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथावाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने गरिन्छ ।

बर्तालुहरु खाली खुट्टामा पैदल यात्रा गरी तील माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गर्छन् । उनीहरु अष्टमीमा फर्कन्छन् भने दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्छन् । साथै द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमामा नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएपछि व्रत समापन हुने बर्तालु विनोदकुमार प्रजापतिले जानकारी दिनुभयो ।

बर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्छन् भने कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउँछन् ।

आजदेखि एक महिनासम्म यहाँ माधवनारायणको कथा पनि वाचन हुन्छ । यस वर्ष महिला र पुरुषले गरी ३० जनाले माधवनारायणको व्रत बसेको माधवनारायण व्रत समितिका सचिव लक्ष्मीप्रसाद रञ्जितले जानकारी दिनुभयो । मेला सञ्चालनका लागि ढल बगिरहेको हनुमानघाटस्थित त्रिवेणीधाम खोलामा डोजर लगाएर स्नान गर्नका लागि खाल्डो बनाइएको छ ।

प्रकाशित मिति: ४ महिना अगाडी
त्रिवेणीधामभक्तपुरमाधवनारायण व्रतहनुमानघाट
प्रतिक्रिया दिनुहोस्

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The facebook comment plugin code goes here.
थप समाचार
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो) ५४ मिनेट अगाडी
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh ३ घण्टा अगाडी
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh ४ घण्टा अगाडी
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse ११ घण्टा अगाडी
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा ११ घण्टा अगाडी
पूर्णायु आयुर्वेद हस्पिटललाई ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा विशेष सम्मान ११ घण्टा अगाडी
विचार
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
ब्लग
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh एस नेपाल न्युज संवाददाता
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा एस नेपाल न्युज संवाददाता
भवन भट्टको महत्वपूर्ण स्पीच: आर्य होटेल एण्ड स्पाका प्रमुखलाई शुभकामना, विवि एयरवेज़ छिट्टै सञ्चालनमा आउने घोषणा (भिडियो) एस नेपाल न्युज संवाददाता
लोकप्रीय
  • Week
  • Month
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
काठमाडौंको मखनमा भीषण आगलागी, एक जनाको मृत्यु (भिडियो)
Journey From Siddhartha to Buddha (Lumbini to Bodhgaya: Arvind Singh
Gautam Buddha University Under Visionary Leadership: Prof. Rana Pratap Singh
H.E. Naveen Srivastava – Strengthening the Pillars of India-Nepal Relations with Diplomatic Finesse
युवराज सफल: मुद्दा हाल्ने अधिवक्ताबाट विवादित मोडलसम्मको यात्रा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Yes Nepal News Pvt. Ltd.

Balkhu, Kathmandu, Nepal
Email: yesnepalnewstv@gmail.com
URL: www.yesnepalnews.com.np

Phone

Marketing: +977-9843669561
Team
अध्यक्ष / प्रधान सम्पादक एचबी ताम्राकार (हर्क बहादुर)
प्रबन्ध निर्देशक / सम्पादक राजेन्द्र ताम्राकार
समाचार प्रमुख सुमन श्रेष्ठ
संवाददाता सुमन श्रेष्ठ सुमन श्रेष्ठ
बजार प्रमुख सुमन श्रेष्ठ
महत्वपूर्ण लिङ्कहरु
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
साइट नेविगेशन
  • हाम्रो टीम
  • साइटम्याप
  • गोपनीयता नीति
  • नियम तथा सर्त
  • हामीसँग विज्ञापन गर्नुहोस्
© Yes Nepal News Pvt. Ltd. -2025 All rights reserved. Site by: PROSYS

Prosys Add Ons

This feature is an add-on feature and can be implemented for additional fees.

Please contact info@prosysnepal.com

Prosys News Alert

Allow Cookies ?
Subscribe
 

Loading Comments...