काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले यस वर्षको श्रावण १५ को पावन अवसरमा “खीर खाने कार्यक्रम–२०८२” को आयोजना गर्दै सबैलाई हार्दिक निमन्त्रण गरेका छन्।
केसीले आफ्नो निवास, सामाखुसी चोकमा श्रावण १५ गते (२०७८ साउन १५ गते, बिहीबार) दिउसो १:०० बजेबाट बेलुका ४:०० बजेसम्म खीर खाने कार्यक्रम आयोजना गर्ने जनाएका छन्। व्यानरमार्फत उनले पुरातन परम्परा अनुसार वर्षभरको कठोर श्रम र स्वास्थ्य सन्तुलनका लागि पौष्टिक खीर सेवन गर्ने परम्परालाई निरन्तरता दिँदै यस कार्यक्रमको आयोजना गरिएको बताएका छन्।

व्यानरमा उल्लेख गरिएअनुसार, “परापूर्वकालदेखि पुर्खाहरूले साउन १५ मा खीर खाने चलनलाई शारीरिक स्फूर्तता तथा उज्यालो भविष्यको प्रतीकको रूपमा मनाउँदै आएका छन्।” यसरी आयोजना गरिएको खीर कार्यक्रमले सामाजिक सद्भाव, आपसी एकता र स्नेह अभिवृद्धिमा समेत टेवा पु¥याउने आयोजक पक्षको भनाइ छ।
कार्यक्रममा सहभागी भई सभ्यता, परम्परा र सद्भावको प्रतिनिधि बन्न सबैलाई अनुरोध गर्दै नेता केसीले यस दिनको सांस्कृतिक महत्व अझ उजागर हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम विवरण:
- मिति: २०७८ साउन १५ गते, बिहीबार
- समय: दिउसो १:०० बजे देखि बेलुका :४०० बजेसम्म
- स्थान: निज निवास, सामाखुसी चोक
- आयोजक: जगदिश्वर नरसिंह केसीको सचिवालय
खीर मात्र स्वादको विषय नभई संस्कृतिको स्मरण र साझा उत्सवको रुपमा लिने यो अवसरलाई नेता केसीले समुदायसँगको आत्मीय सम्बन्ध बलियो बनाउने माध्यमको रूपमा समेत प्रस्तुत गरेका छन्।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति अपेक्षित गरिएको छ।