काठमाडौं — जीवनका प्रत्येक कदम संघर्षमा बिताउँदै ईँटाभट्टामा ज्याला मजदुरी गर्दै पढाइलाई निरन्तरता दिएकी गोमा श्रेष्ठले एसएलसीमा ४ जीपीए हासिल गरेकी छिन्। आर्थिक अभावबीच पनि शिक्षा प्रतिको दृढ अठोटका साथ एमबीबीएस पढ्ने ठूलो सपना देखिरहेकी गोमाको यो साहस र लगनले धेरैको हृदय छोएको छ।
यसैबीच, अमेरिकामा बस्दै आउनुभएका वरिष्ठ समाजसेवी हेम थापाले गोमाको सपना साकार होस् भन्ने उदेश्यले एक ऐतिहासिक कदम चालेका छन्। हेम & माया फाउन्डेशन नेपाल मार्फत, गोमाको शिक्षामा प्रेरणा र साथ दिन रु. १,००,००० (एक लाख रुपैयाँ) बराबरको सहयोग प्रदान गरिएको छ। यो सहयोग किशोर श्रेष्ठमार्फत पठाइएको हो।
हेम थापाले सामाजिक सञ्जालमा लेखेका छन्:
“ईँटाभट्टामा काम गर्दै पनि ४ जीपीए ल्याउने हिम्मत देखाएकी छोरी गोमा श्रेष्ठको आँटलाई नमन छ। अझै एमबीबीएस पढ्ने सपना बोकेकी छोरीको यात्रामा थोरै भए पनि टेवा पुर्याउन पाउँदा हर्षित छु। यिनै छोरीहरू नै tomorrow’s nation builder हुन्।”
गोमा श्रेष्ठको यो संघर्ष र हेम थापाको योगदानले समाजमा एउटा सन्देश प्रवाह गरेको छ — जहाँ इच्छा हुन्छ, त्यहाँ बाटो अवश्य बन्छ। आर्थिक अवस्था जे भए पनि प्रतिभालाई रोक्न सकिँदैन, यदि समाजका अग्रज र सचेत नागरिकले हात थापिदिए भने।
साथै, किशोर श्रेष्ठद्वारा संकलित यो सहयोगमार्फत समाजमा सकारात्मक ऊर्जा फैलिएको छ। शिक्षामा लगानी गर्नु भनेको भविष्य निर्माणमा लगानी गर्नु हो भन्ने सन्देश पुनः एक पटक स्थापित भएको छ।
समाजसेवी हेम थापाजस्ता प्रेरणादायी व्यक्तित्वहरूका कारण अझ धेरै गोमा श्रेष्ठहरूका सपना अब अधुरा रहने छैनन्।