काठमाडौं, जेठ १९–आज संसद् अधिवेशनको सन्दर्भमा बसेको नेकपा एमाले संसदीय दलको बैठकका क्रममा चिया ब्रेकको समयलाई सदुपयोग गर्दै पार्टीका शीर्ष नेताहरूबीच भलाकुसारी तथा आत्मीय छलफल भएको छ।
सामाजिक सञ्जालमा एमाले सांसद तथा नेता तारा लामा तामाङले उल्लेख गरेअनुसार उक्त अवसरमा पार्टी उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पार्टी महासचिव शंकर पोखरेल, माननीय सुर्य ढकाल र स्वयं तारा लामा तामाङबीच घनिष्ठ संवाद भएको हो।
“नेकपा एमाले संसदिय दलको बैठक चिया ब्रेक हुदाँको समयको सदुपयोग गर्दै पार्टी उपाध्यक्ष, माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल ज्यू, पार्टी महासचिव शंकर पोखरेल ज्यूसँग भलाकुसारी, मा. सुर्य ढकाल ज्यू सहित,” तामाङले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।
यो प्रकारको भलाकुसारीलाई राजनीतिक विश्लेषकहरूले पार्टीको आन्तरिक समन्वय, विचार आदानप्रदान र आगामी रणनीतिहरू तय गर्न महत्वपूर्ण बताउने गरेका छन्। संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिको तयारी भइरहेका बेला नेताहरूबीचको यस्तो संवादलाई पार्टी एकता र दिशा तय गर्ने प्रयासको रूपमा समेत हेरिएको छ।
एमालेभित्र संसद्, सरकार र पार्टी तीनवटै तहमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको पृष्ठभूमिमा चिया ब्रेकमा भएको यो घनिष्ठ भेटघाट सन्देशमूलक रूपमा हेरिएको छ।