टोकियो, जापान – जापानवासी नेपालीहरूलाई सम्बोधन गर्दै नेतृ सरिता ढकालले २०८२ भद्र २३ का दिन जेन–जेड आन्दोलनमा भएका हिंसात्मक घटनाहरूको स्मरण गराउँदै गहिरो भाव व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमा आफ्नो विस्तृत सन्देशमार्फत् मृतक सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न र भविष्यको लागि ऐक्यबद्धताको प्रतिवद्धता जनाउन आह्वान गरेकी छन्।
ढकालले लेखेकी छन्, “आज दूतावासको आँगनमा उभिँदा हामी केवल मृतक सहिदहरूको सम्झनामा आँसु नझारौं। हामी भविष्यका लागि प्रण गरौं – अब कहिल्यै सहिदको रगत व्यर्थ नजाओस्, अब कहिल्यै निरंकुशता नेपालमाथि हावी नहोस, अब कहिल्यै हाम्रो पुस्ताले अर्को २० वर्षको आन्दोलन चक्र सहनु नपरोस्।”
उनले उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूलाई जन–Z आन्दोलनका हत्यारा वा निरंकुश शक्तिको प्रतीकात्मक चिन्हलाई दूतावासको आँगनमा ल्याएर जलाउन पनि आह्वान गरेकी छन्। यसले केवल असहमति व्यक्त गर्नु मात्र नभई अन्याय र निरंकुशताविरुद्ध ऐतिहासिक प्रतिवादलाई जनाउने माध्यम हुनेछ।
ढकालले सहिदको नाममा कुनै स्वार्थका लागि पैसा उठाउन नहुने चेतावनी दिँदै भनेकी छन्, “यदि रकम उठाइयो भने त्यो वास्तविक मलमपट्टी बन्नुपर्छ – सहिदका परिवार, घाइतेहरू वा समाजका पीडितका लागि। सहिदको बलिदान पवित्र छ, त्यसलाई नाफाको वस्तु नबनाऔं।”
उनले यस दिनलाई मानवताको अपमान र निरंकुशताको क्रुरताको दिनको रूपमा वर्णन गर्दै भनिन्, “यो नरपीचासु नरभंशीहरूको घरघरमा आगो लगाउनुपर्छ, अब सबै जनता मिलेर कलिला मुनाहरू चुडिदा गोहीको आँसु बगाएर सरकारको समर्थन गर्ने झोले नालायक हौ तिमीहरू।”
अन्त्यमा ढकालले शक्तिशाली सन्देश दिएका छन् – “जय सहिद! जय लोकतन्त्र! जय नेपाल!” – जसले जापानमा रहेका नेपाली समुदायमा ऐक्यबद्धता, चेतना र साहस जगाउने लक्ष्य राखेको छ।
विश्लेषकहरूले ढकालको यो प्रतिवेदनलाई प्रवासी नेपाली नेतृत्वको सक्रिय ऐक्यबद्धता र जेन–जेड आन्दोलनप्रति अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने कदमको रूपमा मूल्याङ्कन गरेका छन्।