एचबी ताम्राकार, काठमाडौं, ठमेल — पर्यटन राजधानीको रुपमा चिनिने काठमाडौंको धड्कन ठमेलमा एक ऐतिहासिक उपलब्धिको संकेत गर्दै भव्य रूपमा उद्घाटन भयो— ‘आर्य होटेल एण्ड स्पा’। नेपाली पर्यटन र आतिथ्य सेवा उद्योगमा एउटा अद्वितीय कोसेढुंगा सावित हुने यो होटेलको औपचारिक सुरुवातले देशकै पर्यटन क्षेत्रमा सुनौलो युगको प्रारम्भ भएको छ।
होटेल उद्योगमा दशौँ वर्षको अनुभव बटुलेका सफल व्यवसायी कृष्ण प्रसाद सिम्खडाको दुरदृष्टि र लगनशीलता अनि समर्पित टिमको अथक मेहनतको प्रतिफल हो— आर्य होटेल एण्ड स्पा, जुन अब केवल ठमेलको होइन, सम्पूर्ण देशको गौरव बन्ने दिशामा अघि बढिसकेको छ।

भव्य उद्घाटन समारोह, उच्चस्तरीय उपस्थिति
२०८२ साल वैशाख २९ गते, ठमेलको ऐतिहासिक जमिनमा एक ऐतिहासिक क्षण साक्षी बन्यो। उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री एवं वरिष्ठ नेता प्रकाश मान सिंह थिए। उनले उद्घाटन समारोहमा सम्बोधन गर्दै भने, “आर्य होटेल केवल व्यापारिक उद्देश्यका लागि खोलिएको होटेल होइन, यो नेपालको पर्यटन क्षेत्रको प्रगतिको अर्को पाइलो हो। यस्तो सुविधा सम्पन्न होटेलले मुलुकको छवि अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाउँछ।”

विशिष्ट अतिथिका रूपमा उपस्थित थिए— गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा टिबिआई ग्रुपका अध्यक्ष भवन भट्ट, जसले नेपालको पर्यटनमा लगानी गर्न चाहने विश्वभरका नेपालीहरूलाई प्रेरणा दिने गरी उत्साहपूर्ण सम्बोधन गरे।

उनले भने, “आर्य होटेलजस्ता परियोजनाहरूले मात्र होइन, यहाँजस्ता समर्पित व्यवसायीहरूले पनि नेपालको साँचो विकास सम्भव छ भन्ने देखाएका छन्। यो होटल, केवल भवन होइन, यो सपना हो— जसमा देशको मुहार फेर्ने क्षमता छ।”

साथै कार्यक्रममा एनआरएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (गोर्खाली), सह-कोषाध्यक्ष कृष्ण पोखरेल, विभिन्न राजनीतिक दलका नेताहरू, काठमाडौं महानगरका वडाध्यक्षहरू, अग्रणी पर्यटन व्यवसायीहरू, होटल व्यवसायी, पत्रकार समुदाय तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

आर्या — नाम मात्र होइन, गरिमाको पर्याय
‘आर्य’ भन्ने नाम आफैंमा एउटा संस्कार बोकेको शब्द हो। यसको गहिरो अर्थलाई आत्मसात गर्दै निर्माण गरिएको आर्या होटेल एण्ड स्पा चार तारे अन्तर्राष्ट्रिय स्तरको होटल हो, जहाँ परम्परा र आधुनिकताको संगम देख्न पाइन्छ। यो होटलमा नेपाली संस्कृति झल्काउने वास्तुकलादेखि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा एकैसाथ अनुभव गर्न सकिन्छ।

होटेलमा अत्याधुनिक सुविधासहितका डिलक्स र प्रिमियम कोठाहरू छन्। प्रत्येक कोठामा आधुनिक डिजाइन, प्राइभेसीको पूर्ण ग्यारेन्टी, स्पा, मिनी बार, स्मार्ट इन्टरफेस, अनि आत्मीय आतिथ्य सेवा। त्यति मात्र होइन, rooftop बाट देखिने काठमाडौं उपत्यकाको मनोरम दृश्यले पाहुनालाई स्वर्गको आभास दिलाउँछ।

आर्य स्पा — आत्मा र शरीरको सन्तुलन
होटेलको मुख्य आकर्षणमध्ये एक हो— आर्य स्पा। विश्वस्तरीय थेरेपिस्टहरूद्वारा सञ्चालित यो स्पा केन्द्रले पाहुनालाई केवल विश्राम मात्र होइन, एक नयाँ जीवन ऊर्जा प्रदान गर्छ। अरोमा थेरेपीदेखि आयुर्वेदिक मसाज, थाई मसाजदेखि हर्बल स्टीमसम्मका सेवा यहाँ उपलब्ध छन्।

भवन भट्टले उद्घाटन समारोहमै भनेका थिए, “जुन स्तरको स्पा आर्यामा उपलब्ध छ, त्यो सिंगापुर, दुबई, थाइल्याण्डका प्रसिद्ध होटेलभन्दा कुनै कुरामा कम छैन।”

कन्फरेन्स हलदेखि क्याफे एण्ड कल्चर
आर्या होटेलमा व्यावसायिक कार्यक्रम, सेमिनार, मिटीङ, र विवाह समारोहका लागि विशेष रूपमा तयार गरिएको बहुउद्देश्यीय कन्फरेन्स हल पनि छ, जसमा एकैपटक सयौ भन्दा बढी पाहुनाहरू सजिलै सहभागी हुन सक्छन्। साउण्ड सिस्टम, मल्टिमिडिया, हाई स्पीड वाइफाइ, सबैकुरा उपलब्ध छ।

त्यस्तै, ‘आर्य क्याफे एण्ड कल्चर’ नामक रेस्टुरेन्ट र लाउन्ज पनि होटलको शान बढाउने अर्को पाटो हो। यहाँ नेपाली, भारतीय, इटालियन, चिनियाँ, जापानीज खाना सर्व गरिन्छ, त्यो पनि पेशेवर शेफको हातबाट। यहाँको “नेवारी टेस्ट नाइट” र “थकाली थाली स्पेशल” ले पाहुनालाई नेपाली स्वादमा भिजाउने सुनिश्चितता दिन्छ।

पर्यटनमा नयाँ ढोका खोल्ने सपना
कृष्ण प्रसाद सिम्खडाको अगुवाइमा खोलिएको यो होटेल केवल व्यवसायिक सफलता हासिल गर्ने उद्देश्यले खोलिएको छैन। यसको पछाडि रहेको दर्शन छ— देशलाई पर्यटनमैत्री बनाउने, नयाँ पुस्तालाई हौसला दिने, र नेपालमै सम्भावना छ भन्ने प्रमाणित गर्ने।

सिम्खडा भन्छन्, “हामीलाई केवल नाफा कमाउने होइन, केही दिनु पनि थियो— देशलाई, समाजलाई, र पर्यटन क्षेत्रलाई। आर्या त्यो यात्राको सुरुवात हो।”

उद्घाटन समारोहमा सहभागी धेरै विशिष्ट व्यक्तित्वहरूले एक स्वरमा भने— “आर्य अब केवल होटल होइन, यो एउटा Movement हो— नेपाली पर्यटनलाई ब्रान्ड बनाउने अभियान।”

समाजसेवामा समेत उदाहरणीय सहभागिता
आर्या होटेलले उद्घाटनको अवसरमा ‘एक रात, एक बालबालिकाको शिक्षाका लागि’ नामक अभियान सार्वजनिक गर्यो। जस अन्तर्गत होटलले प्रत्येक महिनाको आम्दानीको निश्चित प्रतिशत समाजसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएको छ।

यो कुरा उद्घाटन समारोहमा घोषणा गर्दै सञ्चालक सिम्खडाले भने, “हामी सफल हुन चाहन्छौं, तर केवल आफूसम्म सीमित रहेर होइन— अरूलाई अघि बढाउँदै।”

आर्य : स्वदेश र विदेशका लागि प्रेरणा
नेपाली पर्यटन व्यवसायमा यति उच्च स्तरको होटेल संचालनमा आउनु आफैंमा एउटा उपलब्धि हो। भवन भट्टजस्ता अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वहरूले खुलेर समर्थन गर्नु, महेश श्रेष्ठजस्ता प्रभावशाली एनआरएन नेतृत्वको उत्साहजनक उपस्थिति, र सरकारका उपप्रधानमन्त्रीको प्रत्यक्ष समर्थनले आर्यालाई केवल होटल होइन— एक राष्ट्रिय गौरव बनाइदिएको छ।

यो होटलले सन्देश दिएको छ— अब विदेशी ब्रान्ड होटेलकै भर पर्नुपर्ने दिन सकिएको छ। नेपालमै नेपाली उद्यमीहरूले यस्तो होटेल स्थापना गरेर विश्वको ध्यान नेपालतर्फ मोड्न सक्नेछन्।

निष्कर्षमा : आर्य, सपना साकार भएको कथा
‘आर्य होटेल एण्ड स्पा’ केवल ईट्टा, कङ्क्रिट, सिसा र झिलिमिली बत्तीको जमघट होइन। यो हो— एक सपना, जुन साकार भएको छ। देशप्रेम, व्यवसायिक लगाव, र पर्यटनको भविष्यप्रतिको दृढ विश्वासको यो प्रतिफल हो।

नेपालले अब आर्यजस्ता परियोजनाहरूको विकासमार्फत मात्र समृद्धिको बाटो समात्न सक्छ। ठमेलको गल्लीमा सुरु भएको यो यात्राले अब नेपालकै पर्यटनलाई विश्व मञ्चमा नयाँ उचाइ दिन सक्छ।