काठमाडौं – अमेरिका बस्दै आएका युवा व्यवसायी तथा समाजसेवी प्रिन्स युवराज कार्कीले हालैको जेन–जी आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिमा आगजनीप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “वर्षौँदेखि देशलाई चुसेर बसेका हत्यारा–लुटेरा नेताहरूलाई कुटपिट गर्नु वा उनीहरूको सम्पत्ति जलाउनुलाई अन्यथा नमानौँ, तर सिंहदरबार, अख्तियार, मालपोत, अदालत, स्कुल–कलेज, प्रहरी कार्यलय जस्ता सार्वजनिक सम्पत्ति जलाउनु अपराधिक कार्य हो। यी सम्पत्तिहरू हामी सबैको साझा सम्पत्ति हुन्।”
उनले प्रश्न उठाएका छन्, “आखिर ती अफिस जलाएर हामीले के पायौं?”
कार्कीको भनाइमा, भ्रष्ट नेताहरूले कमाएको सम्पत्ति जफत गरेर त्यसलाई देशको विकासमा लगाउने काम गर्न सकेको भए मुलुकले नयाँ बाटो समाउने थियो।
ओली र पौडेलको राजीनामापछि पनि सार्वजनिक कार्यालयहरूमा आगजनी हुनु शंकास्पद भएको उनको टिप्पणी छ। “यो कुनै MasterPlan त होइन?” भन्दै उनले यसबारे गम्भीर हुनुपर्ने बताएका छन्।
समाजसेवी कार्कीले जेन–जी युवापुस्तालाई संयमित भएर अघि बढ्न आग्रह गर्दै भनेका छन्, “अव भाइबहिनीहरूले अति नै संयमित भएर अघि नबढ्ने हो भने आगामी दिन सहज छैन।”
उनको स्टाटसले जेन–जी आन्दोलनमा देखिएको हिंसात्मक गतिविधिप्रति सचेतना दिलाउँदै शान्तिपूर्ण र जिम्मेवार बाटो समाउन सन्देश दिएको समाचारमा उल्लेख छ।