झापा, बिर्तामोड — समाजसेवा, नेतृत्व, र युवापुस्ताको प्रेरणाका रुपमा परिचित झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको असामयिक स्वेच्छिक मृत्युवरणले झापा मात्र होइन, सिंगो प्रदेश १ स्तब्ध बनेको छ।
स्व. बस्नेत बहुआयामिक व्यक्तित्व थिए। उनी “एकका लागि एक” अभियानका सह-संयोजक थिए भने नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का सक्रिय सदस्यको रूपमा व्यवसाय र विकासका मुद्दामा अग्रसर रहँदै आएका थिए। रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षको रुपमा सामाजिक उत्तरदायित्व निर्वाह गरेका उनले नेपाल जेसीज को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भई देशव्यापी नेतृत्व प्रदर्शन गरेका थिए। साथै, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन का महासचिव लगायत उनी दर्जनौं संघ-संस्थामा सक्रिय भएर समर्पित जीवन बिताइरहेका थिए।
विनोद बस्नेतको असमयिक र आकस्मिक निधनले स्थानीय मात्र होइन, राष्ट्रिय तहमै शोकको छाँया छाएको छ। युवाहरूका ढुकढुकीका रूपमा चिनिने उनी नेतृत्व, प्रेरणा र सेवाको पर्याय मानिन्थे।
बिर्तामोडका बासिन्दा, सामाजिक अभियन्ता, युवा नेतृत्व, उद्यमी तथा संस्थागत सुधारमा योगदान दिने बस्नेतको योगदान सधैं सम्झना गरिनेछ। समाज रूपान्तरणका अभियानहरूमा उनको अगुवाइ प्रेरणादायी रह्यो।
एस नेपाल न्युज मिडिया प्रा.लि. परिवार उनको आत्माको चिरशान्तिको कामना गर्दछ र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ।