काठमाडौं – नेपाली खाद्य उद्योगमा ऐतिहासिक क्षण! पहिलोपटक कोरियन प्रविधिबाट नेपालमै उत्पादन भएको Hankook रामेन अब प्याकेजिङको अन्तिम चरणमा पुगेको छ। हिमालय फुड म्यानुफ्याक्चरिङ प्रा.लि. को अत्याधुनिक संयन्त्रबाट तयार भएको यो स्वादिष्ट चाउचाउ अब छिट्टै नेपाली बजारमा धमाका मच्चाउने तयारीमा छ।

नेपाली भूमिमा कोरियन स्वाद – राष्ट्रकै प्रतिष्ठासँग जोडिएको अभियान
“यो केवल एउटा चाउचाउ होइन, यो नेपालमा उत्पादन क्षमताको, नवप्रवर्तनको र अन्तर्राष्ट्रिय स्वादसँगै हाम्रै माटोको सुगन्ध मिसिएको उदाहरण हो,” Hankook रामेन नेपाल अध्यक्ष विनोद कुँवरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका स्टाटसमा लेखेका छन्।

उनी भन्छन्, “अब हामीले विदेशी ब्राण्डको पछि लाग्नुपर्दैन। हामी आफैं कोरियन गुणस्तरका उत्पादन नेपालमै गर्न सक्छौं भन्ने कुराको प्रमाण हो Hankook रामेन।”
अन्तर्राष्ट्रिय गुणस्तर, स्थानीय श्रमको शक्ति
Hankook रामेनले कोरियाली प्रविधि, स्वाद र प्रक्रिया अनुसार उत्पादन गर्दैछ – तर श्रम, माटो र मन भने शुद्ध नेपाली हो। यो केवल एक चाउचाउ होइन, यो नेपाल-कोरिया मैत्रीको स्वाद हो।

नेपाल र भारतका बजारमा एकसाथ प्रस्थान
प्याकेजिङको अन्तिम तयारीमा रहेको Hankook रामेन आउँदो सातादेखि नेपाली बजारमा सार्वजनिक हुँदैछ। साथमा भारतका प्रमुख सहरहरूमा समेत यसको निर्यात गर्ने योजना रहेको अध्यक्ष कुँवरको भनाइ छ।
“स्वादमा गर्व गरौं, आफ्नोपनमा बाँचौं”
विनोद कुँवरले ग्राहकहरूलाई अपील गरेका छन्—“तपाईंहरूको अमूल्य प्रतिक्रिया र सुझाव नै हाम्रो सुधारको मूल आधार हुनेछ। यो चाउचाउ तपाईंको भान्सामा पुग्नेबित्तिकै हाम्रो मेहनतको स्वाद महसूस हुनेछ।”
खाद्य क्रान्तिको नयाँ अध्याय सुरु!
यसअघि विदेशबाट आयात गरिने रामेन तथा कोरियन चाउचाउहरू अब घरेलु उत्पादनमार्फत प्रतिस्थापन हुने आशा गरिएको छ। Hankook रामेनले नेपाली खाद्य उद्योगलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउने विश्वास गरिएको छ।