२१ वैशाख, काठमाडौं | विशेष रिपोर्ट। एस नेपाल न्युज।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को एकता महाधिवेशनबाट मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ आईसीसी उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
विगत एक दशकभन्दा बढी समयदेखि एनआरएनए आन्दोलनमा संघर्ष, सेवा र सफलताका पर्याय बनेका श्रेष्ठ यो पदमा पुग्नुअघि संगठनका हरेक तहमा सक्रिय र प्रभावशाली भूमिकामा रहिसकेका छन्।
नेतृत्व यात्राको पाँच सुनौलो मोड:
१. एनसीसी उपाध्यक्ष, युएई – २०११
एनआरएनएमा आफ्नो यात्रा सुरु गर्दै श्रेष्ठले युएईमा प्रवासी नेपालीहरूको हक–हित र सामाजिक समन्वयमा अग्रणी भूमिका खेले।
२. आईसीसी सदस्य – २०१७
वैश्विक नेतृत्वको मूलधारमा प्रवेश गर्दै श्रेष्ठले नीति निर्माण र अन्तर्राष्ट्रिय समन्वयमा आफूलाई प्रमाणित गरे।
३. मध्यपूर्व उप–संयोजक – २०१९
सम्बेदनशील र श्रमिक बहुल क्षेत्र मध्यपूर्वमा उनले नेपाली समुदायको सुरक्षा, सहजीकरण र संगठन विस्तारमा खरो योगदान दिए।
४. मध्यपूर्व संयोजक – २०२१
उनी संयोजक बनेपछि मध्यपूर्व क्षेत्रलाई सबैभन्दा सक्रिय र संगठित क्षेत्रको रूपमा चिनाउन सफल भए।
५. आईसीसी प्रथम सचिव – २०२३
एनआरएनएको कार्यसम्पादन, संयोजन र कूटनीतिक सम्बन्धमा उनले संस्थागत अनुशासन, पारदर्शिता र जवाफदेहिताको नयाँ अभ्यास सुरु गरे।
२०२५ मा आईसीसी उपाध्यक्ष: अनुभवको शिखरमा नेतृत्व
मनोज श्रेष्ठ ‘गोर्खाली’ले एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित हुँदै नेतृत्व क्षमताको उत्कर्षमा प्रवेश गरेका छन्।
उनी मुलुकको माटोको सुगन्ध बोकेर, विश्वभर छरिएका नेपालीहरूका सपना बोकेर अघि बढ्ने संकल्प लिएर आएका छन्।
उनी भन्छन्,
“एनआरएनए मेरो लागि पद होइन, पीडा बोक्नेहरूको आवाज हो। मलाई विश्वास छ, हामी मिलेर यो संस्थालाई अझै न्यायपूर्ण, पारदर्शी र जनउत्तरदायी बनाउन सक्छौं।”
उनको विजन:
- श्रमिक नेपालीहरूको हितमा नीतिगत पहल
- युवा र महिलाको नेतृत्वमा पहुँच सुनिश्चित
- आर्थिक कूटनीति, लगानी र उद्यमशीलता प्रवर्द्धन
- एनआरएनएको राजनीतिक स्वाधीनता र निष्पक्षता कायम
- संस्थालाई डिजिटल, पारदर्शी र नवीकरणशील बनाउने योजना
‘गोर्खाली’ नामको अर्थभन्दा गहिरो प्रतिबद्धता
‘गोर्खाली’ उपनामले मात्र होइन, गर्व, गहिरो सोच र गरिबका लागि गरिने कामले मनोज श्रेष्ठ पहिचान बनाएका छन्। उनी जहाँ गएका छन्, त्यहाँ संघर्षको गाथा, सहयोगको भावना र सेवा प्रवृत्तिको सन्देश छाडेका छन्।
यो सफलतासँगै, एनआरएनए नेतृत्वमा अब एउटा अनुभवी, निडर र निष्ठावान युग सुरु भएको विश्वास गरिएको छ। मनोज श्रेष्ठ ‘गोर्खाली’ अब केवल एक उपाध्यक्ष होइनन्—विश्वभरि छरिएका नेपालीहरूको समर्पण, सङ्घर्ष र सफलताको आवाज हुन्।