काठमाडौं — नेपालको समृद्धि र सुशासनको माग गर्दै हेम–सरिता पाठक फाउन्डेशनले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको भ्रष्टाचार विरोधी भव्य कार्यक्रम प्रभावशाली र ऐतिहासिकरूपमा सम्पन्न भएको छ। कार्यक्रममा चर्चित लोकगायक प्रेम राजा महतसहित विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा संघीय सांसद तथा प्रमुख अतिथि माननीय डा. अमरेश कुमार सिंह, फाउन्डेशनका संरक्षक हेम पाठक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, पूर्व अतिरिक्त महानिरीक्षक विज्ञान शर्मा, इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल, तथा लोकप्रिय गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको उपस्थिति कार्यक्रमको आकर्षण बनेको थियो।
प्रेम राजा महत: “हामी साथीभाइ मिलेर भ्रष्टाचार विरुद्ध उठेका छौँ”
लोकप्रिय गायक प्रेम राजा महतले सामाजिक सञ्जालमार्फत कार्यक्रमबारे जानकारी दिँदै भने, “हामी साथीभाइहरू भ्रष्टाचारविरुद्धको यो ऐक्यबद्ध कार्यक्रममा उपस्थित हुन पाउँदा गर्व गर्छौँ। यो अभियान नेपाली जनताको आवाज हो।”
सन्देशमूलक कार्यक्रम, सांस्कृतिक र राष्ट्रिय चेतनासँग जोडिएको पहल
कार्यक्रमले भ्रष्टाचारविरुद्धको जनमत निर्माण गर्नुका साथै नीतिगत सुधार, संस्थागत शुद्धिकरण र पारदर्शी शासन प्रणालीको आवश्यकता औँल्यायो। संगीत, अनुभव र सशक्त मन्तव्यले भरिएको यो कार्यक्रमले सहभागीसँगै आम दर्शकमा सकारात्मक सन्देश दिएको छ।
हेम–सरिता पाठक फाउन्डेशन र पाठक परिवारलाई बधाई
कार्यक्रमको सफल आयोजनाका लागि प्रेम राजा महतले फाउन्डेशन परिवार र पाठक परिवारलाई हार्दिक बधाई ज्ञापन गरेका छन्। उनले यस्तो अभियानले देशलाई सही मार्गमा अघि बढाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।