राजेन्द्र ताम्राकार, कञ्चनपुर, वैशाख १९, २०८२ —कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रमुख मेयर हेमराज ओझाले एस नेपाल न्यूज (YNN) द्वारा प्रकाशित २०८२ सालको क्यालेन्डर सार्वजनिक गर्दै मिडियालाई शुभकामना दिनुभएको छ।

उहाँ विशेष रूपमा एस नेपाल न्यूजको स्टुडियोमा उपस्थित भई क्यालेन्डर प्रदर्शित गर्दै मिडियाको बढ्दो क्रियाशीलता, सत्य सूचना प्रवाह र समाजमा सकारात्मक प्रभावका लागि सफलताको शुभकामना व्यक्त गर्नुभएको हो।
Screenshot
उक्त अवसरमा एस नेपाल न्यूजका अध्यक्ष एचबी ताम्राकारले मेयर ओझाप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “स्थानीय सरकारका प्रमुख व्यक्तित्वहरू मिडियासँग सहकार्य गर्न आउनु आफैँमा सकारात्मक संकेत हो। उहाँको उपस्थितिले हाम्रो हौसला बढाएको छ।”
Screenshot
कार्यक्रममा पशु अधिकारकर्मी हरी प्रसाद जोशी , कञ्चनपुरका सामाजिक व्यक्तित्व एवं एनआरएनए नेता खगेन्द्र भट्ट, पत्रकार तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो। एस नेपाल न्यूजले प्रत्येक वर्ष प्रकाशित गर्ने क्यालेन्डरलाई स्थानीय स्तरमा सूचना, शिक्षा र सामाजिक सन्देश दिने माध्यमको रूपमा पनि हेरिन्छ।
Screenshot
‘सकारात्मक पत्रकारिता, समर्पित सेवा’ भन्ने नारासहित अघि बढिरहेको एस नेपाल न्यूजले आगामी दिनहरूमा झन् प्रभावकारी रूपमा सञ्चारको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
Screenshot