भूमिका
देशले खोजिरहेको छ नेतृत्व। यति धेरै परिवर्तनका कथाहरूपछि पनि नेपाली जनताको मनमा एउटै प्रश्न बाँकी छ—“यो देश किन बनेन?” विकासको सपना बोकेका पुस्ताहरू थाकेका छन्। युवा विदेशिन बाध्य छन्। आशा निराशामा रूपान्तरण भइरहेको छ। यसैबीच, म एचबी ताम्राकारले जापानमा देखेको भवन भट्टलाई भन्दा नेपालमा नियाल्न पाएको भवन भट्टमा एक असाधारण ऊर्जा देखेँ—उनी नेतृत्वको एउटा वैकल्पिक आशाको किरणजस्तै लागे।
भवन भट्ट : एक सशक्त नाम
भवन भट्ट एनआरएनए आईसीसीका पूर्वअध्यक्ष मात्र होइनन्, विश्वभर छरिएर रहेका नेपालीहरूको अभिभावक हुन्। जब उनी अन्तर्राष्ट्रिय अध्यक्ष थिए, उनले ‘एक नेपाली, एक नेपाल’ भन्ने भावनालाई व्यवहारमा उतारे। उनीसँग समस्या सुन्ने संयमता, समाधान खोज्ने विवेक र सबैलाई समेट्ने सामर्थ्य छ।
उनी नेतृत्वमा विश्वास गर्छन्—त्यो नेतृत्व जहाँ सबै सुन्न पाउँछन्, बोल्न पाउँछन् र निर्णयमा भागिदार हुन्छन्। संसारभरि फैलिएका नेपालीहरूलाई एकतावद्ध गर्दै, उनले नेपालप्रति जिम्मेवारीबोध गराउने काम गरे।
देश किन बनेन ? र कसरी बनाउन सकिन्छ ?
यो देश किन बनेन भन्ने प्रश्नमा भट्ट सिधा उत्तर दिन्छन्—“दृष्टिकोणको अभाव, इमानको कमी, र दीर्घकालीन योजना नहुनु।”
नेपालमा विकास योजनाहरू ‘फाइल’बाट कहिल्यै ‘मैदान’मा आएनन्। नेतृत्व भ्रष्टाचारमा डुबिरह्यो। योजनाहरू स्वार्थले निर्देशित भए। भट्ट भन्छन्, “हामी अब पनि ढिलो भइसकेको छैन। सच्चिन सक्छौं, यदि हामी ईमानदार, कर्मशील र राष्ट्रप्रेमी नेतृत्वको पछाडि लाग्न सक्यौं भने।”
भवन भट्टको भीजन : समृद्ध नेपाल
उनको भीजन स्पष्ट छ—समृद्ध नेपाल। त्यो नेपाल जहाँ नागरिक गरिबीको चपेटामा होइन, अवसरको चोकमा हुन्छ। उनको योजना यस्तो छ:
- रोजगारी सिर्जना गर्ने स्टार्टअप प्रवर्द्धन
- स्वदेशमै व्यवसायिक कृषि, पर्यटन र सेवा क्षेत्रको विकास
- बाहिर गएका दक्ष नेपालीलाई पुनः स्वदेश फर्काउने वातावरण
- शिक्षा र स्वास्थ्यमा निजी–सार्वजनिक साझेदारीको माध्यमबाट गुणस्तर वृद्धि
- समावेशी र स्थानीयस्तरमै समस्या समाधान गर्न सक्ने प्रणाली निर्माण
उनी भन्छन्—“नेपाल बनाउने सपना अब शब्द होइन, कार्य हुनुपर्छ।”
नेतृत्वमा आवश्यक गुण र भवन भट्टमा त्यो कसरी छ
नेता बन्ने केवल ठुलो पदमा पुग्नु होइन। नेता बन्न संकल्प चाहिन्छ, सेवा गर्ने मनोवृत्ति चाहिन्छ। भवन भट्टमा त्यो सबै गुण छ।
- उनी दूरदृष्टि भएका व्यक्ति हुन्। उनका योजनाहरू ५, १० र २० वर्षपछि कस्तो नेपाल चाहिन्छ भन्ने सोचमा आधारित छन्।
- उनी संवाद गर्न सक्ने नेता हुन्। विदेशी नेपाली, गाउँमा बसेका किसान, वा शहरको युवा—सबैसँग उनले सहज संवाद गर्न सक्छन्।
- उनी सहनशील र समावेशी छन्। सबै जात, धर्म, लिंग, क्षेत्रलाई समेट्ने शैली उनीमा सहजै देखिन्छ।
समयको माग : भवन भट्टजस्ता नेतृत्वप्रति सर्वसाधारणको विश्वास
नेपाल संक्रमणको मोडमा छ। अबको नेतृत्व निर्णायक हुनेछ—देश चुलोमा झर्ने कि नयाँ उचाई चुम्ने?
नयाँ पुस्ताले अब झूट, प्रपञ्च र प्रलोभनको राजनीति चाहँदैन। उनीहरूलाई चाहिएको छ– यथार्थमा टेकेर सपना देखाउने नेता। भवन भट्ट त्यही नेता हुन्।
संविधानको रक्षा, विकासको ग्यारेन्टी, र सामाजिक न्यायको विश्वास—यही हो जनताले खोजेको नेतृत्व। समयले भट्टको नाम जुराएको हो, अब हामीले उसलाई साथ दिनुपर्ने हो।
निष्कर्ष : साथ, समर्थन र सम्भावना
देश बनाउन राजा चाहिन्न, नेता चाहिन्छ। त्यो नेता जोसँग सपना छ, र त्यो सपना साकार पार्ने योजना छ।
भवन भट्ट यस्तो नेता हुन् जसले व्यक्तिगत सफलतालाई राष्ट्रसेवामा रूपान्तरण गर्न खोजिरहेका छन्। उनीमा भावना मात्रै होइन, योजना पनि छ। शब्द मात्रै होइन, कार्य पनि छ। भीजन मात्रै होइन, दिशा पनि छ।
हामी सबैको कर्तव्य हो—देश बनाउन सक्ने व्यक्तिलाई चिन्ने, स्वीकार्ने र साथ दिने।
भवन भट्ट नेतृत्वमा आए भने देशमा समृद्धिको नयाँ युग सुरु हुनसक्छ।