काठमाडौं, वैशाख १९— गैरआवासीय नेपाली संघ (NRNA) को आसन्न निर्वाचनका लागि अहिलेसम्म २,६४३ जना डेलीगेट (मतदाता) ले अनलाइन फारम भरिसकेका छन्। तीमध्ये ६२५ जनाको प्रमाणिकरण पूरा भई प्राथमिक मतदाता नामावली सार्वजनिक भइसकेको निर्वाचन उच्चस्तरीय समितिले जानकारी दिएको छ।

बाँकी रहेका २,०१८ डेलीगेटहरूका लागि वैशाख ११ गते (शुक्रवार) बिहान २ बजेभित्र अनिवार्य कागजात र दरखुर बुझाउन अन्तिम समय तोकिएको छ। त्यसपछि समितिले नयाँ नामावली पुनः प्रकाशित गर्नेछ।
काठमाडौंमा ट्रान्जिटमा रहेका डेलीगेटहरूले पनि प्रतिनिधिमार्फत् कागजात बुझाउन सक्ने व्यवस्था मिलाइएको छ, जसअनुसार शुक्रवार बिहान सबै प्रक्रिया पूरा गर्न भनिएको छ ।
सम्पर्कका लागि विशेष आग्रह
निर्वाचनसम्बन्धी अन्य थप जानकारी र जिज्ञासाको समाधानका लागि उच्चस्तरीय समितिको सचिवालयमा सम्पर्क गर्न विशेष आग्रह गरिएको छ। साथै, समन्वयका लागि Whatsapp नम्बर: +9779851188321 उपलब्ध गराइएको छ।
यसपटकको निर्वाचन पारदर्शिता, समयपालन र विधिक प्रक्रियामा आधारित बनाउन उच्चस्तरीय समिति कटिबद्ध देखिएको छ। गैरआवासीय नेपाली समुदायको व्यापक सहभागिता र सफल निर्वाचनको अपेक्षा गरिएको छ।