अमेरिका, मे २ –“NRNA मा एकता, हामी सबैको मित्रता!”—यही जोशिलो नारा आज विश्वभर छरिएका नेपालीहरूका हृदयमा गुञ्जिरहेको छ। गैरआवासीय नेपाली संघ (NRNA) को आगामी २०२५ को अन्तर्राष्ट्रिय महाधिवेशनलाई लक्ष्य गरी सुरु गरिएको सदस्यता अभियान (Membership Drive 2025) अहिले ऐतिहासिक जोशमा अगाडि बढिरहेको छ।

विश्वभरका नेपालीहरूलाई एउटै मञ्चमा ल्याउने यो अभियान मे ३ र ४ मा सम्पन्न हुँदैछ, जसले संस्थाको गरिमा, एकता र सहभागिताको नयाँ अध्याय लेख्ने विश्वास गरिएको छ।
“कानुन, विधि विधान सर्वोपरि—NRNA को जित सर्वत्र!” भन्ने उद्घोषका साथ हरेक नेपालीलाई NRNA को सशक्त अभियानमा सहभागी हुन अपिल गरिएको छ। यो अभियान केवल सदस्यता मात्र नभई, गैरआवासीय नेपालीहरूको सम्मान, हक–अधिकार र पहिचानको आन्दोलन पनि हो।
अभियानमा विशेष अगुवाइ गर्दै आएका KRISHNA POKHREL (USA) ले भन्नुभयो—
“यो केवल फारम भर्ने प्रक्रिया होइन, यो इतिहास कोर्ने क्षण हो। हामी सँगसँगै उभिनुपर्छ, आवाज बुलन्द गर्नुपर्छ। हामी सबैको सहभागिता नै संस्थाको शक्ति हो।”
NRNA HLC मूल आयोजक समितिका सदस्य समेत रहेका पोखरेलको नेतृत्वमा अमेरिका लगायत विभिन्न देशमा अभियान तीव्र गतिमा चलिरहेको छ। QR कोड तथा वेबसाइटमार्फत सजिलै सदस्यता लिन सकिने बनाइएको छ, जसले प्रविधि र पहुँचको सशक्त प्रयोगलाई देखाउँछ।
कसरी सदस्यता लिने?
यो सरल छ—
गएर https://nrnahlc.com/membership-registration मा क्लिक गर्नुहोस्, फारम भर्नुहोस् र इतिहासको यात्रामा सहयात्री बन्नुहोस्।
के तपाईं तयार हुनुहुन्छ?
NRNA को बत्ती बल्न थालेको छ—संस्थाको गौरव बचाउन, सहभागिता जनाउन, र प्रवासबाट मातृभूमिसँगको प्रेम जोड्न।