वासिङ्टन डी.सी. — अमेरिकामा बस्दै आएका वरिष्ठ समाजसेवी हेम थापाले सामाजिक सञ्जालमार्फत देश र जनताको नाममा गरिने सस्तो लोकप्रियता र गफको राजनीतिप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। उनले “गफ होइन, कामले देश बदलिन्छ” भन्ने सन्देश दिँदै नेतादेखि कार्यकर्तासम्म सबैलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।
फेसबुकमा सार्वजनिक गरिएको स्टाटसमा थापाले लेखेका छन्, “भाषण, गफ, भीड जम्मा गरेर आन्दोलन गरेर, २/४ भाटा खाएर अराजक भएर मात्रै परिवर्तन सम्भव हुँदैन। काम शून्य, उपलब्धि शून्य हुँदा देश बिग्रन्छ।”
उनले सच्चा देशप्रेम भनेको जनताको पीडा बुझेर समाधान खोज्ने प्रयत्नमा देखिनुपर्ने बताए। थापाले प्रश्न गरेका छन्, “यदि तपाईंहरू साँच्चिकै देश र जनताप्रति निःस्वार्थ भावना राख्नुहुन्छ भने, किन नपानी खाने ठाउँमा धारा बनाउने? किन नशौचालय नहुनेको ठाउँमा २/४ वटा बनाइदिने?”
थापाले विद्युत्, बाटो, स्वास्थ्य, शिक्षा, सरसफाइजस्ता आधारभूत सुविधामा काम नगरेर सामाजिक सञ्जालमा ‘हीरो’ बन्ने प्रवृत्ति नेपाली समाजको दुर्भाग्य भएको बताएका छन्।
उनको स्टाटसले सामाजिक सञ्जालमा धेरै नेपालीहरूको ध्यान खिचेको छ। थापा जस्ता विदेशमा रहेर पनि मातृभूमिप्रति चिन्तित समाजसेवीहरूको आवाजले अब “काम गर्ने कि गफै गर्ने?” भन्ने गम्भीर बहसलाई जन्म दिएको छ।