लेखकः एचबी ताम्राकार, युवा पत्रकार
देशभक्ति केवल भाषणमा होइन, कर्ममा देखिनुपर्छ। राष्ट्रप्रतिको माया केवल गाली गरेर होइन, पीडितका लागि आँसु झारेर, न्यायको लागि लडेर, र सत्यको पक्षमा उभिएर प्रमाणित गर्न सकिन्छ। र, यिनै मूल्य र मान्यताको प्रतिक हुन् — मनोरथ खनाल।
अमेरिकामा स्थायी बसोबास गर्दै पनि नेपाली समाज, राजनीति र न्यायप्रतिको अगाध लगाव राख्ने खनाल नेपाली डायस्पोरामा चम्किँदो नक्षत्र हुन्। उनले देखाएको कर्म, बोकेको दृष्टि र बोलेको विचार — आजका दिनमा नेपाली समाजले खोजिरहेको ‘सचिएको नेतृत्त्व’ को प्रतिबिम्ब हो।
शून्यबाट सुरु, समर्पणको शिखरमा मनोरथ
मनोरथ खनालको जीवनकथा कुनै भाग्यको उपहार होइन—यो संघर्ष, इमानदारी र निरन्तर सेवाको परिणाम हो। सादा जीवन, उच्च विचार बोकेका खनाल जहिल्यै कामका माध्यमबाट चिनिन रुचाउने व्यक्ति हुन्। पद, प्रचार वा स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रका लागि अदृश्य ढाल बनेर खटिने यो मनोबलिलो नाम हो—मनोरथ खनाल।
भूटानी शरणार्थी प्रकरणमा निडर अभिव्यक्ति
नेपालको पछिल्लो कालखण्डमा सबैभन्दा दुःखद र लज्जास्पद प्रकरण बनेको छ—भूटानी शरणार्थी काण्ड। यो घटनाले नेपाली राजनीतिका शक्तिशाली भनिने अनुहारहरूको चरित्र नाङ्गो बनाइदियो। जब अधिकांश नेताहरू मौन थिए, अथवा छोप्ने प्रयासमा थिए, त्यही बेला मनोरथ खनालजस्तो केही सचेत, निडर र विवेकी आवाजहरूले सत्य उजागर गर्ने प्रयास गरे।
“शरणार्थीको पीडा बिक्री नहोस्, देशको छवि कलंकित नहोस्” भन्ने चेतनाले उहाँले भूटानी शरणार्थी प्रकरणमा चर्को आवाज उठाउनुभयो। उनले अमेरिकामा बसेर पनि सामाजिक सञ्जाल, मिडिया र अन्तर्राष्ट्रिय फोरमहरूमा न्याय, सत्य र मानव अधिकारको पक्षमा अडिग उभिएको छवि निर्माण गरे।
सामाजिक सेवामा ‘नायक’ र जनदृष्टिमा ‘न्यायक’
मनोरथ खनाल सामाजिक सेवामा बिना प्रचार, बिना दम्भ, तर पूर्ण प्रभावसहित सक्रिय एक ‘ग्रासरुट लीडर’ हुन्। शिक्षा, स्वास्थ्य, आपतकालीन उद्धार, महिला सशक्तिकरणदेखि मानसिक स्वास्थ्य चेतनामूलक कार्यक्रमसम्म—जहाँ समाजको आवश्यकता छ, त्यहाँ मनोरथ खनालको उपस्थिति रहन्छ।
उहाँमा न कुनै संकोच छ, न स्वार्थ — छ त केवल जनताप्रति दायित्वबोध, देशप्रतिको जिम्मेवारी, र सत्यप्रतिको प्रतिबद्धता।
अमेरिकामा रहँदा पनि नेपाल भित्रजत्तिकै प्रभावशाली
विदेश बसाइले मनोरथ खनाललाई नेपालबाट टाढा त बनायो, तर नेपालप्रतिको माया अझ नजिक ल्यायो। उहाँ अमेरिकी भूमिमा नेपाली समुदायका अभियन्ता, एकताका सूत्रधार, र आवाजविहीनको प्रतिनिधि बनेर उभिनुभएको छ।
प्रवासी नेपालीबीच मनमुटाव चिर्ने, संस्थाहरूलाई सहकार्यमा ल्याउने, नयाँ पुस्तालाई देशप्रेम सिकाउने—यी सबै काम खनालले देखिएभन्दा धेरै गरेकाछन्।
नेतृत्वको भविष्य : देशले यस्तो अनुहार खोजेको छ
मनोरथ खनाल आधुनिक सोच, पारंपरिक मूल्य, प्रष्ट दृष्टि र कार्यमुखी शैलीका धनी नेता हुन्। मुलुकले अहिले नेतृत्वमा जे खोजिरहेको छ — निष्ठा, विवेक, इमानदारी र अन्तर्राष्ट्रिय अनुभव — ती सबै खनालमा एकसाथ पाइन्छ।
अबको नेतृत्व पवित्र हुनु पर्छ, प्रभावशाली र परिश्रमी हुनु पर्छ — मनोरथ खनाल यिनै गुणको मूर्त उदाहरण हुन्।
निष्कर्ष : मनोरथ — नाम मात्र होइन, राष्ट्रिय उद्देश्य भएको अभियान
मनोरथ खनालको नाम आज एक प्रेरणा हो। उहाँको सोचले राष्ट्र बन्छ, उहाँको कर्मले समाज सर्छ, र उहाँको उपस्थितिले प्रवास र मातृभूमि दुबैमा चेतना भरिन्छ।
भूटानी शरणार्थीको न्यायको लागि बोल्ने, समाजका पीडामा समर्पित हुने, र देशको भविष्यप्रति सजग रहने व्यक्तित्व — मनोरथ खनाललाई अब ‘हेरिने होइन’, ‘अग्रसर गरिनुपर्ने समय’ आएको छ।
– उहाँ नेता होइनन्, चेतना हुन्। मनोरथ खनाल – मनबाट उठेको राष्ट्रिय अभियान।