काठमाडौं । नेपालमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा सुसिला कार्की नियुक्त भएको विषयलाई ऐतिहासिक क्षणको रुपमा मूल्याङ्कन गर्दै एनआरएनए एनसीसी अमेरिका की महिला उपाध्यक्ष सुनिता खत्रीले गहिरो बधाई तथा शुभकामना व्यक्त गरेकी छिन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन् –
“प्रधानमन्त्रीमा सुसिला कार्की ज्यूको नियुक्ति केवल व्यक्तिगत उपलब्धि मात्र होइन, यो सम्पूर्ण नेपाली महिला र राष्ट्रकै गौरव हो। नेपालको इतिहासमा पहिलो पटक मुलुकको कार्यकारी नेतृत्व महिलाले सम्हालेको यस क्षणले हाम्रो समाजलाई समावेशी, प्रगतिशील र समानताको दिशातर्फ अघि बढाएको छ।”
उनले कार्कीको दीर्घकालीन योगदानलाई स्मरण गर्दै भनिन् –
“न्याय, समानता र लोकतन्त्रको मूल्य–मान्यतालाई जगेर्ना गर्न जीवनभर समर्पित सुसिला कार्की ज्यू अब प्रधानमन्त्रीको रुपमा मुलुकलाई समृद्धि, एकता र महिला सशक्तिकरणतर्फ अघि बढाउने दृढ विश्वास लिएको छु। यो उपलब्धि सम्पूर्ण नेपाली महिलाका लागि प्रेरणादायी प्रकाशस्तम्भ हो।”
खत्रीले कार्कीको नेतृत्वमा नेपालले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिको नयाँ अध्याय लेख्ने विश्वास व्यक्त गरेकी छिन्। उनले थपिन् –
“प्रधानमन्त्री सुसिला कार्कीको दृढ संकल्प, साहस र इमानदार नेतृत्वले मात्र नयाँ नेपालको सपना साकार हुनेछ। म उहाँको सफल कार्यकालका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु।”
उनको अनुसार, कार्कीको ऐतिहासिक पदारोहणले विश्वभरका नेपाली महिलालाई गर्व र उत्साह दिलाएको छ।नेपालको भौतीक समर्चना पुनः निर्माण को लागि एनआरएनए एनसीसी अमोकिका पनि तयार रहेको कुरा महिला उपाघ्यक्ष सुनिता खत्री ले जनाउनुभयो ।