काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारीले राष्ट्रको वर्तमान चुनौती र भविष्यको बाटोबारे आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका छन्। उहाँको भनाइमा, सुशासन नै समृद्धिको आधार हो।
अधिकारीका अनुसार, मुलुकको पहिलो र प्रमुख एजेन्डा कानून कार्यान्वयन हुनुपर्नेछ। यसको मूल आधार भनेकै नागरिक प्रहरी, नेपाल प्रहरी, शान्ति सुरक्षा र न्याय प्रणाली हो। उहाँले जोड दिनुभयो– “कानून लागू गर्न सके जनताको अधिकार सुरक्षित हुन्छ, मानव मर्यादा कायम हुन्छ, र विकासमार्फत जनताको खुशी सम्भव हुन्छ।”
उहाँले लोकतान्त्रिक सरकारप्रति आफ्नो प्रार्थना र विश्वास प्रकट गर्दै भने, “जनताको सर्वोत्तम हित, मौलिक अधिकारको संरक्षण र नियमको शासनलाई प्राथमिकता दिए मात्र सरकारप्रतिको स्वामित्व जनताले अनुभूत गर्छन्।”
अधिकारीले उदाहरण दिँदै स्मरण गराए — विश्वका धेरै मुलुकहरू जहाँ नेपाली पुगेका छैनन्, त्यहाँ पनि सुशासन र कानूनको शासनमार्फत विकास सम्भव भएको छ। त्यसैले नेपालले पनि सक्ने दृढ विश्वास उहाँको छ।
उनको आव्हान:“हामी सबै मिलेर सुरु गरौँ — मेरो नेपाल, सुरक्षित नेपाल, शान्त नेपाल, न्यायपूर्ण नेपाल, विकसित नेपाल, खुशी नेपाल, सभ्य नेपाल, विश्वमा अनुकरणीय नेपाल।”
एसएसपी विश्व अधिकारीका अनुसार, यही बाटो नै नेपालको भविष्यलाई उज्यालो बनाउन सक्ने सुनिश्चित उपाय हो।